ट्रम्प र किमबीच आज दोश्रो शिखर वार्ता हुँदै | Khabarhub Khabarhub

ट्रम्प र किमबीच आज दोश्रो शिखर वार्ता हुँदै


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीचको दोश्रो शिखर वार्ता भियतनामको राजधानी हनोईमा आज (बुधबार)बाट शुरु हुँदैछ । शिखर वार्ताका लागि दुबै नेता हनोई पुगिसकेका छन् ।

मंगलबार दिउँसो रेलमार्गबाट चीनको बाटो हुँदै उत्तर कोरियाली सर्वोच्च नेता भियतनाम पुगेका हुन् भने अमेरिकी राष्ट्रपति एअर फोर्स वान विमानबाट मंगलबार अबेर हनोई पुगेका हुन् ।

दुई नेताबीच बुधबार संक्षिप्त वार्ता हुनेछ । स्थानीय समयअनुसार बुधबार साँझ अमेरिकी राष्ट्रपति ट्रम्प र उनका दुई सहयोगीहरु तथा उत्तर कोरियाली नेता किम र उनका दुई सहयोगीहरुबीच संक्षिप्त वार्ता हुने अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । संक्षिप्त वार्ता २० देखि २५ मिनेटसम्म हुने बताइएको छ । उनीहरुले बेलुकीको खाना पनि सँगै खानेछन् ।

संक्षिप्त वार्तामा अमेरिकाको तर्फबाट राष्ट्रपति ट्रम्पसहित विशेष विदेशमन्त्री माइक पोम्पेओ तथा ह्वाइट हाउसका चिफ अफ स्टाफ मिक मुल्भनेको सहभागिता हुने जनाइएको छ ।

वार्तामा उत्तर कोरियाली सर्वोच्च नेता किमसहित किमकी बहिनी किम यो जोङ तथा उत्तर कोरियाली विशेष प्रतिनिधि किम योङ चोल सहभागि हुनेछन् ।आज हुने संक्षिप्त वार्तापछि भोलि दुबै नेताबीच अर्को चरणको वार्ता हुने जनाइएको छ ।

त्यसबाहेक उत्तर कोरियाली सर्वोच्च नेता तथा अमेरिकी राष्ट्रपति दुबैले भियतनामी उच्चस्तरीय नेता तथा अधिकारीसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  १२ : २८ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही