‘पाकिस्तान हमलाबारे भारतमा ७ जनालाई मात्र थाहा थियो’ | Khabarhub Khabarhub

‘पाकिस्तान हमलाबारे भारतमा ७ जनालाई मात्र थाहा थियो’


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको बालाकोटमा चरमपन्थी संगठन जैश–ए–मोहम्मदको तालिम केन्द्रमा मंगलबार भारतीय वायुसेनाले गर्ने हमलाबारे सात जनालाई मात्र जानकारी भएको समाचार प्रकाशन भएका छन् ।

भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सको समाचारमा उल्लेख गरे अनुसार मंगलबार विहान तीन बजेर ४० मिनेटदेखि लिएर तीन बजेर ५३ मिनेटसम्म भएको हमलामा मिराज लडाकू विमानको प्रयोग गरिएको थियो ।

भारत प्रशासित कश्मी।को पुलवामा १४ फेब्रुअरीमा सीआरपीएफमा भएको आत्मघाती हमलापछि भारतले कारवाही गर्ने अनुमान गरिएको थियो ।

भारतको गुप्तचर संस्था ‘र’लाई चरमपन्थीको क्याम्पा चिह्नलाई जिम्मेवारी दिइएको थियो । र ले चरमपन्थीको ६ क्याम्पबारे जानकारी दिएको थियो ।

प्रधानमन्त्री नरेन्द्र मोदीले १८ फेब्रुअरीमा हवाई हमलाको स्वीकृति दिएका थिए ।

भारतीय जासूसी संस्थाका अनुसार यस हमलाको समयको जानकारी सात जनालाई मात्र थियो । जसमा प्रधानमन्त्री मोदीका अलावा राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, तीन सेनाका प्रमुख तथा इन्टेलिजेन्स व्यूरो तथा र का प्रमुख थिए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  १२ : २२ बजे

आईसीसी टी–२० विश्वकप खेल्न जान लागेको नेपाली टिमलाई राष्ट्रपतिको शुभकामना 

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा भाग

तुम्लिङटार विमानस्थलमा उडान ठप्प

किमाथांका– सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ

रामेछापबाट काठमाडौँ आउँदै गरेको माइक्रो दुर्घटना, ६ जना घाइते 

काठमाडौं– रामेछापबाट काठमाडौँ आउँदै गरेको विद्युतीय माइक्रो दुर्घटनामा परेको छ

अस्थिरता नेपालको विकासका लागि घातक : प्रवक्ता महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने

काठमाडौं– भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने भएको छ