सशस्त्र प्रहरीले फेला पार्‍यो पशुपतिबाट हराएको मूर्ति | Khabarhub Khabarhub

सशस्त्र प्रहरीले फेला पार्‍यो पशुपतिबाट हराएको मूर्ति


१५ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको पशुपतिनाथ मन्दिर नजिक रहेको हंशमण्डपबाट हराएको बाबा गोरखनाथको पुरानो मूर्ति सशस्त्र प्रहरीले फेला पारेको छ ।

पूरातात्विक महत्वको ऐतिहासिक मूर्ति शनिवार हंशमण्डपबाट हराएको थियो । उक्त मूर्ति मंगलवार अपराह्न फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ ।

पशुपतिमा रहेको सशस्त्र प्रहरी बल मन्दिर सुरक्षा बेसबाट खटिएको टोलीले मूर्ति फेला पारेको हो ।

प्रहरी नायव निरीक्षक दधिराम पौडेलको कमाण्डमा खटिएको सशस्त्र प्रहरीको टोलीले काठमाडौं महानगरपालिका–८ स्थित जंगल क्षेत्रबाट मूर्ति फेला पारेको हो ।

पशुपतिनाथको मन्दिरबाट करिव ३ सय मिटर पूर्व उत्तरतर्फ रहेको जंगल क्षेत्रमा एउटा रुखको जरामुनि ओडार जस्तो ठाउँमा लुकाएको अवस्थामा मूर्ति फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

गस्ती रहेको सशस्त्र प्रहरीको टोली देखेर दुईजना व्यक्ति भागेपछि सशस्त्र प्रहरी जंगलमा रुख नजिक गएको थियो । रुखमुनि ओडारजस्तो ठाउँमा हेर्दा बालुवामुनि मूर्ति लुकाइएको अवस्थामा फेला परेको सशस्त्रले जनाएको छ ।

३५ किलोग्रामको उक्त मूर्ति सशस्त्र प्रहरीले स्थानीय प्रहरीको जिम्मा लगाएको छ । प्रहरीले मूर्ति चोर्ने कार्यमा संलग्नको खोजी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७५, बुधबार  ११ : ४० बजे

हमासको आक्रमणमा तीन इजरायली सेना मारिए, वार्ता निश्कर्षविहीन

काठमाडौं– प्यालेस्टिनी लडाकु समूह हमासको आक्रमणमा परी तीन इजरायली सेना

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको