भुटानलाई पराजित गर्दै बंगलादेश फाइनल प्रवेश | Khabarhub Khabarhub

भुटानलाई पराजित गर्दै बंगलादेश फाइनल प्रवेश


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा जारी यु–१८ साफ च्याम्पियनसिपमा भुटानलाई पराजित गर्दै बंगलादेश फाइनलमा पुगेको छ ।

सशस्त्र प्रहरी बलको हल्चोक मैदानमा भएको सेमिफाइनल खेलमा भुटानलाई ४–० गोल अन्तरले पराजित गर्दै बंगलादेशले फाइनलका लागि यात्रा सुरक्षित गरेके हो ।

भुटानविरुद्धको खेलमा बंगलादेशका तानबिरले १६ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने २७ औं मिनेटमा फाहिमले गोल गर्दा बंगलादेशको अग्रता २–० को बनेको थियो ।

त्यस्तै, खेलको ३२ औं मिनेटमा मिराजले गोल गर्दा बंगलादेशले पहिलो हाफमा ३–० को बलियो अग्रता बनाएको थियो ।

पहिलो हाफमा कमजोर प्रदर्शन गरेको भुटानले दोस्रो हाफमा राम्रो खेले पनि बंगलादेशविरुद्ध गोल फर्काउन भने असफल रह्यो । खेलको इन्जुरी समयमा सब्सिच्युट खेलाडी दिपकले गोल गर्दै बंगलादेशलाई ४–० को फराकिलो जित दिलाए ।

समूह चरणमा नेपाललाई ३–० ले पराजित गरेको भुटान सेमिफाइनलबाटै आउट भएको छ । प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  १ : ४९ बजे

इलाम अपडेटः एमाले- ८८९८, कांग्रेस- ६२८०, मतान्तर २६१८ (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा उच्च गतिको विद्युत प्रवाह हुँदा

इलाममा निरन्तर एमालेको अग्रता : कांग्रेस २२ सय ५७ मतले पछाडि

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको