दशैंका लागि नयाँ नोटको सटही शुरु, कुन–कुन ठाउँबाट पाइन्छ ? | Khabarhub Khabarhub

दशैंका लागि नयाँ नोटको सटही शुरु, कुन–कुन ठाउँबाट पाइन्छ ?


१० आश्विन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल राष्ट्र बैंकले असोज १० गते अर्थात् आजदेखि दशैंका लागि नयाँ नोट वितरण शुरु गरेको छ ।

राष्ट्र बैंकले यसअघि नै सूचना जारी गर्दै दशैंका लागि नयाँ नोट दिने मिति सार्वजनिक गरेको थियो । केन्द्रीय बैंकका अनुसार दशैँका लागि एक जना व्यक्तिले १८ हजार ५ सय रुपैयाँ बराबरका मात्रै नयाँ नोट पाउनेछन् ।

एक जनाले पाँच, दश, बीस, पचास र एक सयका एक–एक बन्डलका दरले १८ हजार ५ सय रुपैयाँ बराबरका नोट साट्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

काठमाडौँमा राष्ट्र बैंकसहित सबै सरकारी बैंकका शाखा र नीजि बैंकका शाखासमेतबाट नयाँ नोट लिन सकिने छ ।

उपत्यकाबाहिर भने राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग नेपालगञ्ज, पोखरा, धनगढी, विराटनगर, वीरगञ्ज, सिद्धार्थनगर र जनकपुरबाट नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

दशैंका लागि नयाँ नोट साट्ने अवधि असोज १७ गतेसम्मका लागि हुने छ ।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ११ : ३४ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड