नेविसंघद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन | Khabarhub Khabarhub

नेविसंघद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन


१३ माघ २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  संसद्ले चिकित्सा शिक्षा विधेयक जबरर्जस्तीरूपमा पारित गरेको भन्दै नेपाल विद्यार्थी सङ्घले विरोध जनाएको छ । नेविसङ्घले आज बिहान उपत्यकाका त्रिचन्द्र, पशुपति, ग्रामीण आदर्श, सरस्वती, पाटन क्याम्पसअगाडि विरोध गरेको हो । उनीहरुले प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेका छन् ।

नेविसङ्घका नेता दीपक भट्टराईले सरकारले बहुमतको आधारमा आमरण अनशनरत डा गोविन्द केसीको मागलाई सम्बोधन नगरी चिकित्सा शिक्षा विधेयक पारित गरेकाले विरोध जनाएको बताए ।  “काङ्ग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्रीद्वयका नाममा स्थापित अस्पताललाई समेत राजनीतिक पूर्वाग्रहका आधारमा स्वीकृति दिइएको छैन, त्यसैले हामी आन्दोलनमा उत्रेका हौँ”, उनले भने ।

नेविसङ्घ काठमाडौँका अध्यक्ष मनोज वैद्यले सरकारले चिकित्सा शिक्षा विधेयक पारित फिर्ता नलिएसम्म आन्दोलन निरन्तर जारी राख्ने बताए ।  आन्दोलनका क्रममा उपत्यकाका विभिन्न क्याम्पसबाट प्रहरीले विद्यार्थीलाई पक्राउ समेत गरेको छ । यसैबीच नेविसङ्घ, तरुण दल, महिला सङ्घले आज चिकित्सा शिक्षा विधेयकको विरोधमा आन्दोलन गर्ने जनाएकका छन् ।

प्रकाशित मिति : १३ माघ २०७५, आइतबार  १२ : ४४ बजे

एक केजीभन्दा बढी सुन र नगदसहित ७ जना पक्राउ

काठमाडौं– प्रहरीले एक केजीभन्दा बढी अवैध सुन र नगदसहित ७

सर्वोत्तम सिमेन्टको पाँचौ वार्षिक साधारण सभा सम्पन्न

काठमाडाैं– सौरभ ग्रुप अन्तर्गतको सर्वोत्तम सिमेन्ट लिमिटेडले पाँचौ वार्षिक साधारण

नेपाली सेनामा जागिर खुल्यो , ३१९ जनाको दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले विभिन्न पदहरूमा झन्डै ३१९ जनाका लागि दरखास्त

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं– नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी

मुुग्लिन-पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै

गण्डकी– निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधिबाट