रवि लामिछानेका समर्थकले गरेको फोहोरका कारण भरतपुर दुर्गन्धित | Khabarhub Khabarhub

रवि लामिछानेका समर्थकले गरेको फोहोरका कारण भरतपुर दुर्गन्धित


१० भाद्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर– पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका टेलिभिज कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकहरुले गरेको फोहोरका कारण चितवनको भरतपुरको वातावरण दुर्गन्धित बनेको छ ।

रविको रिहाइको माग गर्दै आन्दोलनमा उत्रिएका समर्थकहरुले गरेको फोहोरका कारण यहाँको वातावरण दुर्गन्धित बनेको भरतपुरबासीको गुनासो छ ।

भरतपुरस्थित जिल्ला प्रहरी कार्यालयसँगै, जिल्ला अदालत अगाडिको सडकमा यत्रत्यत्र अवस्थामा फोहोर फालिएको स्थानीयले बताए ।

रवीका समर्थकहरुले केही ठाउँका सडकमा टायर बालेर समेत प्रदर्शन गरेका थिए । आन्दोलनका लागि बालिएको टायरको धूलो (खरानी)ले समेत सडक कुरुप बनेको स्थानीयले बताए ।

‘उनीहरु (रविका समर्थकहरु)ले पानीका बोत्तल, विभिन्न कागजलगायतका फोहोर सडकमै फालेर गएका छन्,’ भरतपुरका एक होटेल व्यवसायीले भने, ‘महानगरपालिकालाई पनि फोहोर उठाउन समस्या भएको छ । केही दिनका लागि यहाँको वातावरण दुर्गन्धित नै हुने जस्तो देखिन्छ ।’


तस्वीरहरु– ज्ञानम रुम्बा तामाङको फेसबूकबाट

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार  १ : ०५ बजे

आज २०८१ साल वैशाख १९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १९ गते बुधबार तदनुसार

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम