चीनबाट ४४ नेपाली महिला कामदार नेपाल फिर्ता | Khabarhub Khabarhub

चीनबाट ४४ नेपाली महिला कामदार नेपाल फिर्ता


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको ल्याओनिङ प्रान्तस्थित दान्दोङ रिशङ गार्मेन्ट कारखानामा कार्यरत ४४ नेपाली महिला कामदार शनिवार नेपाल फर्काइएको छ ।

बेइजिङस्थित नेपाली दूतावासका अनुसार उनीहरुलाई दालियान विमानस्थलबाट तीन भिन्नभिन्न उडानमा शनिवार नेपाल फर्काइएको हो । उनीहरुमध्ये ४१ कुन्मिङ र तीन ग्वान्जाओ ट्रान्जिट हुँदै आइतबार नेपाल आइपुग्नेछन् । ती नेपाली कामदार वैदेशिक रोजगार विभागबाट श्रम अनुमति प्राप्त गरी गत मे महीनामा उक्त कारखानामा काम गर्न भनी चीन गएका थिए ।

दूतावासमा जुन महीनाको दोस्रो हप्तामा करार अनुरुपको पारिश्रमिक र सेवासुविधा नपाएको गुनासो प्राप्त भएपछि नेपाल र चीनका सम्बन्धित सरकारी निकायहरुको समन्वयमा र नेपालको सम्बन्धित म्यानपावर कम्पनीको खर्चमा उनीहरुलाई नेपाल फर्काइएको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ८ : ५० बजे

जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर

आजको मौसम : चट्याङ-हावाहुरीसहित वर्षा 

काठमाडौं– हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार

लखनउविरुद्ध १६ बलमा टेभिस हेडको अर्धशतक

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक बिहीबार बस्ने भएको छ। 

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २७ गते बिहीबार सन्