अमिताभले भन्दा धेरै पैसा लिने यी हुन् दक्षिण भारतीय हिरो | Khabarhub Khabarhub

अमिताभले भन्दा धेरै पैसा लिने यी हुन् दक्षिण भारतीय हिरो


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालमा दक्षिण भारतीय फिल्मका निकै धेरै फ्यानहरु रहेका छन् । दक्षिण भारतीय कुनै पनि नयाँ फिल्म युट्युबमा अपलोड भयो भने त्यो ट्रेन्डिङमा परिहाल्छ । यसअर्थ पनि नेपालमा दक्षिण भारतीय फिल्मलाई पछ्याउनेको संख्या ठूलो छ भन्दा फरक पर्दैन ।

मूलधारको भारतीय फिल्म उद्योगका धेरै कलाकारलाई नेपाली फ्यानहरुले चिन्ने र उनीहरुबारे चासो राख्ने गरेका छन् । जसमध्येका एक हुन् अमिताभ वच्चन ।

अमिताभको अभिनय, उनको व्यक्तित्व, कमाइ आदीका कारण पनि उनी चासोका पात्र बनिरहेका छन् । तर दक्षिण भारतीय फिल्म उद्योगमा यस्ता अभिनेता छन् जो अमिताभले भन्दा धेरै रकम कुनै एक फिल्म खेल्दा लिन्थे । पछि उनी मन्त्री पनि बने ।

उनी हुन् दक्षिण भारतका चर्चित फिल्म स्टार चिरञ्जिवी । उनका वुवा प्रहरीमा थिए । चिरञ्जीवीको बाल्यकाल गाउँमा वितेको थियो । उनको रुचि बाल्यकालदेखिनै अभिनयमा थियो ।

चिरञ्जीवी टलिउडमा एक मात्र यस्ता अभिनेता हुन् जसको आफ्नो सिंगल, डबल र त्रिपल रोल भएको फिल्मले हलमा सय दिनसम्म व्यापार गर्ने रेकर्ड बनाएको छ ।

उनी साउथका एक मात्र त्यस्ता कलाकार हुन् जसलाई १९८७ मा ओस्कार एकेडेमीले आफ्नो कार्यक्रममा आमन्त्रण गरेको थियो ।

एक समय यस्तो थियो कि उनले कुनै फिल्म खेल्दा अमिताभ बच्चन भन्दा धेरै रकम लिने गरेका थिए ।

अमिताभले एक फिल्म खेल्दा १ करोड लिन्थे भने चिरञ्जिवीले १.५ करोड रुपैयाँ लिने गरेका थिए ।

चिरञ्जीवीको वास्तविक नाम कोनीडेला शिवशंकर वारा प्रसाद हो । पछि उनले आफ्नो नाम चिरञ्जीवी राखेका थिए ।

चिरञ्जीवी फिल्ममा नाम कमाएपछि २००८ मा राजनीतिमा आए । उनले आफैंले प्रजा राज्यम नामक पार्टी पनि बनाए । पछि उनले पार्टीलाई कांग्रेसमा विलय गराए । उनी मन्त्री पनि बनेका थिए ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ६ : ५३ बजे

आज २०८१ साल वैशाख १६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १६ गते आइतबार तदनुसार

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा