आईसीसी टी-ट्वान्टी विश्वकप छनोट : नेपालले कुवेतलाई ७ विकेटले हरायो | Khabarhub Khabarhub

आईसीसी टी-ट्वान्टी विश्वकप छनोट : नेपालले कुवेतलाई ७ विकेटले हरायो


११ श्रावण २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिंगापुरमा जारी आईसीसी टी-ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको छ ।

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा आज (शनिबार) बिहान भएको खेलमा कुवेतले दिएको १४२ रनको मध्यम लक्ष्य नेपालले १५ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो।

जितसँगै नेपालले ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब नेपालले आइतबार आयोजक सिंगापुरसँग अन्तिम खेल खेल्नेछ । सिंगापुरलाई पराजित गरे नेपाल शीर्ष स्थानमा रहदै ग्लोबल छनोटमा पुग्नेछ ।

नेपालको जितमा कप्तान पारस खड्काले कीर्तिमानी अर्धशतक बनाए । ओपनर समेत रहेका कप्तान पारसले ६८ रनको अर्धशतकीय इनिङ्स खेले । ३२ बलमा अर्धशतक बनाएका पारसले ११ चौका १ छक्का प्रहार गरे ।

योसँगै कप्तान पारस टी-ट्वान्टी अन्तराष्ट्रियमा तीन अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् । यसअघि कप्तान पारसले नेदरल्याण्ड र मलेसियाविरुद्ध अर्धशतक बनाएका थिए ।

यस्तै शरद भेषवाकरले अविजित ३८ रन जोड्दा उपकप्तान ज्ञानेन्द्र मल्लले १९ रन बनाए । दिपेन्द्र सिंह ऐरी १ रनमा आउट हुँदा रोहित कुमार पौडेलले अविजित ६ रन जोडे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १४१ रन बनाएको थियो । कुवेतका लागि कप्तान मुहमद कासिफले अविजित रहदै सर्वाधिक ४९ रन बनाए । यस्तै आदनन इद्रेसले २५ तथा मोहमद आस्लमले २३ रन बनाए । त्यसबाहेक राभिजा डी सिल्भाले १५ र बिलाल ताहिरले १३ रन जोडे ।

कुवेतलाई सस्तैमा रोक्न स्पिनरद्वय सन्दीप लामिछाने र बसन्त रेग्मीले ३/३ विकेट लिए । सन्दीपले ४ ओभरमा २१ रन खर्चिए भने बसन्तले २० रन खर्चिए । यस्तै करण केसीले २ तथा अविनाश बोहराले १ विकेट लिए ।

जितसँगै नेपाल तालिकाको दोस्रो स्थानमा समेत उक्लिएको छ । नेपालले ३ खेलबाट ४ अंक जोडेको छ । कुवेत ४ खेलबाट ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  १० : १९ बजे

एमाले भोजपुरको अध्यक्ष मक्कर खड्का निर्वाचित

भोजपुर– नेकपा एमाले जिल्ला कमिटी भोजपुरको अध्यक्षमा मक्करबहादुर खड्का निर्वाचित

ठाढीसहितका सीमानाका दुई चरणमा आठ दिन बन्द हुने

सिरहा– छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत

धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण अलपत्र

कैलाली– धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति पर्याप्त बजेट नहुँदा

मुहान सुकेपछि ट्याङ्करको पानीमा निर्भर

पाँचथर– सुक्खाका कारण खानेपानीको मुहान सुकेपछि पाँचथरको हिलिहाङ गाउँपालिका–७ का

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

हुम्ला– ‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ भन्ने