अस्ट्रेलियाबाट फर्किएका आशिषको योजना : ८० थरी नेपाली चियालाई विश्वव्यापी बनाउने | Khabarhub Khabarhub

अस्ट्रेलियाबाट फर्किएका आशिषको योजना : ८० थरी नेपाली चियालाई विश्वव्यापी बनाउने



काठमाडौं- पेप्सीकोला सनसिटी अपार्टमेन्ट नपुग्दै सिद्धार्थ बैंक आउँछ । बैंकको अगाडि नयाँ भवन बनिरहेको दृश्य देखिन्छ । त्यसकै भुँइतला ‘नेपा टी, टेस्ट द वेष्ट’ नाम लेखेको बोर्ड छ। त्यहाँभित्रको दृश्य हेर्दा बेग्लै रमाइलो ।

मानिसहरु ‘कुन चिया पिउने’ ‘कति धेरै भेराइटी हो’ भन्दै भलाकुसारी गरिरहेका थिए । कोही भने चिया पिउनमै व्यस्त । कोहि भने टी-सप भित्र पुस्तक छान्दै र अध्ययन गर्दै पनि थिए । यो ‘नेपा टप’ टी-सप हो । यहाँ ५० भन्दा बढि प्रकारका अर्ग्यानिक चियाहरु पाइन्छन् ।

हामी सबै चियाका पारखी छौँ । साच्चै भन्ने हो भने चिया बिना धेरैलाई समय बिताउन पनि निकै गाह्रो हुन्छ । न त गर्मी सिजन चाहिन्छ न त जाडो नै चिया पिउनका लागि ।

पिउन धेरैले रुचाउँछन् चिया । तर, यो व्यवसायमा भने युवापुस्ताको रुचि निकै कम देखिन्छ । त्यसो त धेरै युवाहरु अझै पनि वैदेशिक मोहमा छन् । पढाइकै शिलशिलामा विदेश जाने र स्वदेश फर्किन रुचि नगर्नेहरु पनि धेरै छन् ।

तर, यहाँ कतिपय यस्ता युवाहरु पनि छन् । जसलाइ अष्ट्रेलियामा मोटो रकम कमाइरहँदा पनि देशको मायाले स्वदेश फर्काएको छ । जसमध्ये एक पात्र हुन्-‘मोरङका आशिष गिरी’ ।

२०५२ सालमा मोरङको पथरीमा जन्मिए आशिष । दुइ बहिनीको दाजु र परिवारको एक मात्र छोरा थिए उनी । मोरङकै एक विद्यालयमा कक्षा ४ सम्म अध्ययन गरे उनले ।

पढाइमै निकै अब्बल थिए उनी । परिवारले पनि एक मात्र छोरा भएकाले कसरी हुन्छ राम्रो पढाउने तिर ध्यान दिएका थिए । सायद आशिषको पढाइप्रतिको रुचि र लगाव देखेर बुबाआमाले त्यो सोच्नु स्वभाविक पनि थियो ।

‘त्यो समय नेपालमा भन्दा भारतमा राम्रो पढाइ हुन्छ भन्ने सोच थियो गाउँघरमा’ उनले विगतका दिनलाइ सम्झिँदै भने । त्यसमाथि आशिषका बुबाको जागीर पनि इन्डियामै थियो ।

पढाइकै शिलशिलामा उनी बुबासँग इन्डिया पुगे । उनी इन्डिया पुगेर ५ कक्षामा भर्ना भए । पढ्ने मान्छेले जहाँ गएपनि राम्रै गर्छ भन्ने मान्यता धेरैमा छ । उनमा पनि त्यही लागू भयो । पढाइ राम्रै थियो उनको ।

वि.स. २०६८ सालमा एसएलसी सकेर मोरङ फर्किए । इन्डियाको पढाइ र बसाइलाइ समाप्त पारे उनले । उच्च शिक्षाको लागि नेपालमै पढ्ने सोच पनि बनाए ।

अध्ययनकै क्रममा मोरङबाट विराटनगर पुगे आशिष । वि.स. २०६९ सालमा विज्ञान संकायमा कक्षा ११ मा अध्ययनको सुरुवात पनि गरे । २ वर्षसम्म विराटनगरमै बसे र पढे उनले । उच्च शिक्षा हासिल गरेपछि शिलशिलामा राजधानी प्रवेश गरे ।

काठमाडौं आएसँगै उनले फेरि पनि अध्ययनलाइ प्राथमिकतामा राखे । भन्छन्, ‘पढ्न त पर्‍यो नै मोरङबाट पढ्नकै लागि काठमाडौं आएको थिएँ’ ।

एसीसीए अध्ययनका लागि विराटनगरदेखि काठमाडौं

विज्ञान विषयमा उच्च शिक्षा पढेका आशिषको काठमाडौं आएर ‘एसिसिए (एसोसियसन अफ चार्टड सर्टिफाइड एकाउन्टेन्स्) तिर रुचि गएको उनले बताए । ‘एसिसिए भनेको चाँहि बेलायतको प्रोफेसनल् कोर्ष हो’ उनले थपे ।

उनका अनुसार नेपालमा पढाइ भइरहेको चार्टड अकाउन्ट जस्तै हो एसिसिए पनि । ‘एसीसीका ३ वटा तह हुन्छन्’ आशिषले खबरहबसँगको कुराकानीमा भने ‘यो पढेपछि प्रोफेशनल एकाउन्टेनस् बनिन्छ’ ।

आशिषलाइ पनि प्रोफेशनल एकाउन्टेन्स् बन्ने रहर जागेको थियो त्यो समय । त्यसैले उनी एसीसीए अध्ययन गरिरहेका थिए ।

‘घरबाट उनलाइ पुरै साथ र सहयोग भएकाले तत्काल जागिर खाइहाल्नुपर्ने अवस्था थिएन, फेरि पढ्नका लागि समय प्रशस्त चाहिन्थ्यो’ उनले भने ‘पढाइ सकेर मात्र जागिर खाने सोच थियो’ ।

पढाइ निरन्तर अघि बढाउने क्रममा केही विषयमा नेपाल टप पनि गरेको उनले बताए । कुराकानीका क्रममा आशिषको मुहार हाँसोले भरिएको थियो । सायद त्यो हासोमा उनको विगतका सफलता र खुसी प्रष्टै देखिन्थ्यो ।
‘३ वटा विषयमा नेपाल टप गरेँ’ प्रफुल्ल हुँदै उनले भने ‘त्यही समय मलाई पुतलीसडकस्थित एउटा कलेजले एप्रोच गर्‍यो’ ।

‘उनले सोही कलेजमा मार्केटिङ हेडका रुपमा जोइन्ट भएको र डाइरेक्टरका रुपमा एसीसीएको काम गरेको थिएँ’ खबरहबसँगको कुराकानीमा उनले आफ्नो अनुभव सुनाए ।

एसीसीएकै रुपमा अष्ट्रेलिया

आशिषले काम त गरिरहेकै थिए । तर उनलाइ अचानक विदेशमा गएर एसीसीए गर्ने रुचि पलायो । यत्तिकै काम गर्दा अष्ट्रेलियामा यो भन्दा बढि पैसा कमिन्छ कि भन्ने अपेक्षा एकाएक उनमा पैदा भयो । अन्ततः उनी अष्ट्रेलिया गए।

वि.स. २०७४ सालमा कामकै शिलशिलामा अष्ट्रेलिया पुगे । अष्ट्रेलियामा नेपालीले गर्ने काम देख्दा उनलाइ दुःख लाग्थ्यो । त्यसो त उनले पनि सुरुवाती चरणमा निकै दुःख गरे । ‘यहाँबाट जे अपेक्षा गरेपनि त्यहाँ गएपछि त्यसको उल्टो भइदिन्छ’ उनले भने ‘जे काम भेट्यो त्यही गर्ने हो’ ।

पैसा कमाउन अष्ट्रेलिया पुगेका आशिषलाइ स्वदेशको यादले बल्झायो । ‘काठमाडौंमा कलेज चलाएर बसेको थिएँ’ कुराकानीका क्रममा उनले भने ‘विस्तारै मनले स्वदेश नै फर्किभन्न थाल्यो’ । उनी ७ महिनाको बसाइ पछि स्वदेश फर्किए ।

त्यसो त पछिल्लो समय अमेरिका अष्ट्रेलिया जस्ता देशमा पुग्नका लागि धेरै युवायुवतीहरु मरिहत्ते गरेको पनि पाइन्छ । पिआर पाउने अपेक्षा गर्छन् र परिवारलाइ पनि परदेश तिरै लैजाने चाहना गर्छन् ।

तर आशिषलाइ किन त्यस्तो इच्छा पलाएन ? जवाफमा आशिष भन्छन्, ‘पहिचान गुमाउने डरले पनि स्वदेश फर्किन चाहेँ’ उनले थपेँ ‘आशिष गिरी भनेर सबैलाइ चिनाउन मन थियो त्यो त अष्ट्रेलिया बसेर सम्भव थिएन जसकारण स्वदेश फर्किएँ’ ।

‘नेपा बुकिङ’ को सुरुवात गर्दै

उनलाई युवा माझ चिनिनु थियो नै । तर कसरी के गर्दा आफ्नो पहिचान बन्छ भन्ने कुरामा आशिषलाई निकै कौतुहलता जाग्थ्यो ।

उनले सुरुवाती चरणमा ‘नेपा बुकिङ’ सञ्चालनमा ल्याए । नेपा बुकिङका बारेमा बुझाउँदै आशिष भन्छन्, यो एउटा अनलाइन कम्पनी हो, तत्कालका लागि हामीले वेभसाइट र एपलिकेशन बनाउँदै छौँ’ ।

‘बुकिङमा फुटसल, बस, टुर्स जस्ता कुराहरुको सुविधा दिएका छौँ’ खबरहबसँग आशिषले भने ‘एपलिकेशन आइसकेपछि सिधै ग्राहकले बुकिङ गर्न सक्नेछन्’ ।

सर्भिस वरिन्टेट बुकिङका लागि नेपा बुकिङ सञ्चालनमा ल्याउन लागेको उनले बताए ।

टी–सप खोल्ने योजना

आशिष र उनका साथी मुर्सिद अन्सरीको विराटनगरमा भेट भयो । चिया गफकै क्रममा उनीहरुबीच के व्यवसाय गर्ने भन्नेमा छलफल हुन थाल्यो । त्यसलगत्तै उनीहरु काठमाडौं आए । र, अन्य चार साथीहरुसँग छलफलमा जुटे । छलफलको निचोड निस्कियो, काठमाडौं आएर ‘नेपा टी’ शुरु गर्ने ।

सागर अधिकारी, शिव पौडेल, विवेक खड्का, रोहित थापा, मुर्सिद अनसरी र आशिष गरी ६ जनाको समुहमा ५० लाखभन्दा बढि लगानीमा टि सप सञ्चालनमा ल्याएका छन् । यीमध्ये शिव, सागर, विवेक र रोहितले त झन् सीए छोडेर टि सपतिर लागेका छन् ।

टी-सप नै किन रोजे ?

युवावर्गले विशेषगरी स्वदेशमै व्यवसाय शुरु गर्दा होटल, रेष्टुरेन्ट जस्ता व्यवसाय शुरु गरेको पाइन्छ । तर आशिषलाइ किन टी-सप तिर प्रवेश गर्न मन लाग्यो त ? भन्छन्, ‘युवाहरुमा चियाको टेन्ट आइरहेकाले यसमा हामीले काम गर्न सकेमा मार्केट राम्रो हुन्छ भन्ने सोच उत्पन्न भयो, त्यसकारण ६ जनाको समुहमा मिलेर टी–सप सञ्चालन गर्‍यौँ’ ।

‘हामीकहाँ न्यूनतम २० रुपैयाँदेखि अधिकतम २ सय रुपैयाँसम्मको चिया पाइन्छ’ आशिषले चियाका बारेमा प्रष्ट पार्दै भने ‘टेस्ट द वेष्ट हो, नेपालमै हालसम्म प्रयोगमा नआएका चिया यहाँ पाइन्छन्’ ।

‘चिया त जहाँ पनि पाइन्छ नि’ उनले भने ‘भेराइटिमा काम गर्न सकेमा राम्रो हुन्छ’ ।

५० भन्दा बढि चियाका परिकार

‘नेपा टी’ मा चिया पिउन आउनेहरु मेनु हेर्दा छक्क पर्छन् । मेनुमा ८० थरीका चियाका नाम उल्लेख गरिएको छ । १८ प्रकारका कालो चिया, १५ प्रकारको दूध चिया, १३ प्रकारको फ्रुट चिया र १५ प्रकारको नेपा टी तथा अग्यानिक चियाहरु बन्ने गर्छन् ।

फ्रुट चियाका लागि इमिटेन्स बाहिरबाट मगाउछौँ, अहिले बढी चलेको कडक चिया, नेपा टी बढी मात्रामा गइरहेको उनले बताए ।

अबको योजना

नेपा टी सञ्चालनमा आएको डेढ महिना मात्रै भएको छ । आशिष लगायत उनको समुहको टार्गेट आगामी २ वर्षभित्रमा १५ वटा शाखा खोल्ने रहेको छ । साथै तत्कालका लागि उनीहरुले चावहिलस्थित भत्केको पुल, कोटेश्वर र पेप्सीकोल गरी ३ स्थानमा नेपा टी सञ्चालन गरिरहेका छन् ।

३ स्थानमा टी शुरु गरिरहँदा पनि पोखरा, विराटनगर, चितवन, मोरङ लगायतका स्थानबाट ‘नेपा टी’को फ्रेन्चाइज लिने प्रस्ताव आइरहेको बताउँदै उनले भने ‘हामी क्वालिटीसँग खेल्छौँ, सुरुवाती चरण हो त्यसैले विस्तारै अघि बढ्छौँ’ ।

ग्राहकको रुचि र बढ्दै गएको खण्डमा अन्तराष्ट्रिय बजारमै नेपा टी पुर्‍याउने लक्ष्य आशिषको छ । भन्छन्, ‘अहिले राजधानीमा शाखा खोल्छौँ, विस्तारै राजधानी बाहिरको शहरमा पुग्छौँ र प्रतिक्रिया राम्रो आइरहेमा विदेशमा पनि नेपा टी पुर्‍याउँछौँ’ ।

प्रकाशित मिति : ११ श्रावण २०७६, शनिबार  ७ : ३९ बजे

राष्ट्रसंघकी सहायक महासचिवद्वारा अर्थमन्त्रीसँग भेट

काठमाडौं– संयुक्त राष्ट्रसंघकी सहायक महासचिव एवं राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडिपी)

एकैपटक ४८ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं– सरकारले एकैपटक ४८ जना उपसचिवहरूको सरुवा गरेको छ ।

नेपाल भित्रने पर्यटक १२.७५ प्रतिशतले बढे

काठमाडौं– नेपालमा विदेशी पर्यटक आगमन १२.७५ प्रतिशतले बढेको छ ।

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने

नेपालगञ्ज– उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा

नेपाललाई हराउँदै वेस्ट इन्डिज ‘ए’ ले जित्यो टी- २० सिरिज 

काठमाडौं- नेपालले वेष्टइण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज एक