भारतले वेष्ट इन्डिजलाई १२५ रनले हरायो | Khabarhub Khabarhub

भारतले वेष्ट इन्डिजलाई १२५ रनले हरायो


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप क्रिकेटको आज (बिहीबार)को खेलमा उपाधी दावेदार भारत विजयी भएको छ ।

भारतले वेष्ट इन्डिजलाई १२५ रनले पराजित गर्‍यो । २६९ रनको चुनौती पाएको वेष्ट इन्डिज ३४.२ ओभरमा सबै विकेट गुमाउँदै १४३ रनमा समेटिएको थियो ।

ईङ्ल्याण्डको म्यानचेष्टरमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारीत ओभरको खेलमा ७ विकेट गुमाएर दुई सय ६८ रनको मध्यम योगफल तयार पारेको थियो ।

भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ७२ रनको अर्धशतकीय पारी खेले । यो अर्धशतकसँगै कोहलीले आईसीसी एकदिवसीय क्रिकेटमा आफ्नो ५३ औ अर्धशतक पुरा गरेका छन् ।

त्यस्तै महेन्द्र सिंह धोनीले ६८ रनको अर्धशतकीय पारी खेले । त्यस्तै लोकेश राहुलले ४८ रन बनाउँदा हार्दिक पाण्ड्याले ४६ रनको योगदान दिए ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  १० : ४२ बजे

हुम्लामा स्वास्थ्य शिविरबाट ६ सय बढी लाभान्वित

हुम्ला– हुम्लाको दक्षिण भेगमा अवस्थित चङ्खेली गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य

कान्ति लोकपथ दैनिक तीन घण्टामात्रै खोलिने

ललितपुर – कान्ति लोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक

हरियाली बढाउन ६५ हजार बिरुवा वितरण गरिँदै

तनहुँ– हरियाली बढाउन जिल्ला डिभिजन वन कार्यालय तनहुँले ६५ हजार

सरकारले अघि बढायो ‘सोभरेन क्रेडिट रेटिङ’

काठमाडौं – सरकारले तीन वर्षदेखि रोकिएको मुलुकको सार्वभौम साख मूल्याङ्कन