पाकिस्तान आक्रमणका रणनीतिकार ‘सामन्त गायेल’ बने रअ चिफ | Khabarhub Khabarhub

पाकिस्तान आक्रमणका रणनीतिकार ‘सामन्त गायेल’ बने रअ चिफ


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– पाकिस्तानको बालाकोटमा गत फेब्रुअरी महिनामा भारतीय सेनाले गरेको आक्रमणको प्रमुख रणनीतिकार सामन्त गोयल भारतको जासुसी निकाय रिसर्च एण्ड एनलाइसिस विङ रअको प्रमुखमा नियुक्त भएका छन् ।

भारतीय मन्त्रिपरिषद्को नियुक्ति समितिले भारतीय प्रहरी सेवाका वरिष्ठ अधिकारी गोयललाई रअको प्रमुखमा नियुक्त गरेको हो । उक्त समितिको अध्यक्षका रुपमा प्रधानमन्त्री नरेन्द्र मोदीले अहिले जिम्मेवारी सम्हालिरहेका छन् ।

गोयलले सन् २०१६ मा पाकिस्तानमा भएको सर्जिकल स्ट्राइक र यसै वर्ष बालाकोटमा भारतीय वायुसेनाले गरेको कारबाहीको रणनीति बनाएका थिए । गोयलले वर्तमान रअ प्रमुख अनिल धस्मानालाई प्रतिस्थापन गर्नेछन् । उनले आफ्नो अढाई वर्षे सेवापछि उनी आगामी शनिबारबाट अवकाश लिँदैछन् ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ६ : ५७ बजे

आईसीसी टी–२० विश्वकप खेल्न जान लागेको नेपाली टिमलाई राष्ट्रपतिको शुभकामना 

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा भाग

तुम्लिङटार विमानस्थलमा उडान ठप्प

किमाथांका– सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ

रामेछापबाट काठमाडौँ आउँदै गरेको माइक्रो दुर्घटना, ६ जना घाइते 

काठमाडौं– रामेछापबाट काठमाडौँ आउँदै गरेको विद्युतीय माइक्रो दुर्घटनामा परेको छ

अस्थिरता नेपालको विकासका लागि घातक : प्रवक्ता महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक अस्थिरता नेपालको

भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने

काठमाडौं– भङ्गहा–जनकपुर–जयनगर रेल सेवा तीन दिन बन्द हुने भएको छ