आईसीसीको एकदिवसीय वरियतामा नेपाल एक स्थान तल, भारत शीर्ष स्थानमा उक्लियो | Khabarhub Khabarhub

आईसीसीको एकदिवसीय वरियतामा नेपाल एक स्थान तल, भारत शीर्ष स्थानमा उक्लियो


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी एकदिवसिय वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोली एक स्थान तल झरेको छ ।

बिहीबार सार्वजनिक एकदिवसिय वरियतामा नेपाल १५ औं स्थानमा रहेको छ । नेपालले १९ रेटिङ पाउँदा १सय ५२ अंक पाएको छ । यस्तै, अघिल्लो वरियतामा १४ औं स्थानमा रहेको नेपाल पछिल्लो समय खेल खेल्न नपाउँदा एक स्थान खस्किएको हो ।

नेपालले यसअघि जनवरी अन्तिमतिर युनाइटेड अबर इमिरेट्स (युएई) सँग तीन एकदिवसिय खेलको शृङ्खला खेल्दा २–१ जित हात पारेको थियो भने त्यसयता कुनै पनि अन्तर्राष्ट्रिय एकदिवसिय खेलेको छैन । तर, पनि अन्य टोलीहरुको प्रदर्शनका आधारमा नेपालको पनि तल माथि भएको हो ।

इंग्ल्यान्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेको भारत एकदिवसिय वरियताको शीर्ष स्थानमा उक्लिएको छ । भारत यसअघि दोस्रो स्थानमा थियो । त्यस्तै, दोस्रो स्थानमा इंग्ल्यान्ड र तेस्रो स्थानमा न्युजिल्याण्ड छ । यस्तै, टि–२० वरियतामा भने नेपाल ११ औं स्थानमा यथावत रहेको छ ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ५ : ५३ बजे

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी

सेती नदीमा डुबेर एक जना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका

‘विकास साझेदारले खुलेर प्रशंसा गरे’

काठमाडौं  – अर्थमन्त्री वर्षमान पुनको सचिवालयले जारी लगानी सम्मेलनमा विकास

रारामा र गोरुसिंगेमा रिसोर्ट बनाउने विषयमा सम्झौता

काठमाडौं– लगानी सम्मेलनको दोस्रो दिन सोमबार मुगुको रारा र कपिलवस्तुको