स्पोट्स अवार्डलाई होटल क्राउन प्लाजाको साथ | Khabarhub Khabarhub

स्पोट्स अवार्डलाई होटल क्राउन प्लाजाको साथ


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्दै आएको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७५ को सह–प्रायोजकका रुपमा होटल क्राउन प्लाजा नक्सालसँंग जोडिएको छ ।

बिहीबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी एन्एसजेएफ र होटल क्राउन प्लाजाबीच प्रायोजन सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार होटल क्राउन प्लाजा एक बर्षका लागि एन्एसजेएफसँग जोडिएको छ । सम्झौता अनुसार अवार्ड र मञ्चको कार्यक्रमका लागि होटल क्राउन प्लाजाले आवास र खानपानको व्यवस्था गर्ने जनाइएको छ ।

अवार्ड कार्यक्रममा एनएसजेएफले खेल क्षेत्रबाट नेपालको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल खेलाडी, प्रशिक्षक, खेलकर्मी र संस्थालाई सम्मान गर्ने अवार्ड कार्यक्रममा यो वर्षपनि विभिन्न नौ विधा र एक जना अन्तर्राष्ट्रिय खेल पत्रकारलाई पनि अवार्ड प्रदान गर्ने छ ।

१६ औं संस्करणको यस कार्यक्रममा विभिन्न ५ विधाको मनोनयन सार्वजनिक गरिसकेका छ । उत्कृष्ट पुरुष, महिला, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेतालाई बजाजको एनएस १६० मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्परहरू प्रदान गरिनेछ ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  २ : ५९ बजे

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा