‘जात्रै जात्रा’ हेरेपछि डा. भट्टराईको प्रतिक्रिया – गज्जबले हँसायो | Khabarhub Khabarhub

‘जात्रै जात्रा’ हेरेपछि डा. भट्टराईको प्रतिक्रिया – गज्जबले हँसायो


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानमन्त्री एवम् समाजवादी पार्टी नेपालका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले प्रदीप भट्टराई निर्देशित फिल्म ‘जात्रै जात्रा’ हेरेका छन् । उनले बुधवार पत्नी हिसिला यमी र छोरी मानुषी यामी भट्टराईका साथ सो फिल्म हेरेका हुन् ।

चलचित्र हेरेर डा. भट्टराईले यो फिल्मले गज्जबले हँसाएको प्रतिक्रिया दिए । साथै उनले यस्ता फिल्म नेपालमा अरु पनि बन्नुपर्ने धारणा राखे। ‘एकछिन पनि चुप लागेर बस्न नदिने रहेछ, समय गएको पत्तै भएन,’ डा. भट्टराईले भने ।

यता फिल्मका निर्देशक प्रदीप भट्टराईले पनि सामाजिक सञ्चालका माध्यमबाट डा. भट्टराईलाई धन्यवाद दिएका छन् । उनले डा. भट्टराईजस्तो नेता नेपाललाई चाहिएको भन्दै डा. भट्टराईले सिनेमा हेर्दाका तस्वीर शेयर गरेका छन् ।

विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, दयाहाङ राई लगायतका कलाकारको अभिनय रहेको यो फिल्म कमेडी जानरामा निर्माण भएको हो । फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ ।

प्रदर्शनको ४२ औँ दिनमा चलिरहेको यो फिल्मले राजधानीका केही हलमा ५१ औँ दिन मनाउने सम्भावना छ । हेरेका दर्शकले चलचित्र मन परेको प्रतिक्रिया दिइरहेका छन् ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  २ : ०९ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र