संघीय प्रहरीले प्रदेश प्रहरीलाई निर्देशन दिने व्यवस्था गर्न माग | Khabarhub Khabarhub

संघीय प्रहरीले प्रदेश प्रहरीलाई निर्देशन दिने व्यवस्था गर्न माग


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक (आईजी) सर्वेन्द्रखनालले राष्ट्रिय सुरक्षाजस्ता संवेदनशील विषयमा संघीय प्रहरीले प्रदेश प्रहरीलाई आवश्यक निर्देशन दिनसक्ने कानूनी व्यवस्था गर्नुपर्ने बताएका छन् ।

खुला सीमा भएका प्रदेशहरुमा हुन सक्ने राष्ट्रिय सुरक्षामाथिको खतरालाई ध्यानमा राखेर पनि त्यस्तो अवस्थामा प्रदेश प्रहरीले संघीय प्रहरीको निर्देशनानुसार अघि बढ्ने कानूनी व्यवस्था हुनुपर्ने आईजी खनालको भनाइ छ ।

बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै आईजी खनालले मुलुकको भौगोलिक संवेदनशीलतालाई ध्यानमा राखेर पनि कतिपय विषयमा प्रदेश प्रहरीले संघीय प्रहरीसँग सहकार्य गरेर अघि बढ्नुको विकल्प नरहेको पनि बताए ।

प्रदेश प्रहरीले सम्बन्धित प्रदेशको आन्तरिक सुरक्षाको जिम्मा एक्लैले लिएपनि वीरगंज, भैरहवा, विराटनगरजस्ता नाकाहरुमा हुने राष्ट्रिय सुरक्षाको चुनौतीलाई सामना गर्न संघीय सरकारको सहकार्य र निर्देशन आवश्यक हुने खनालको भनाइ थियो ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  १ : ०७ बजे

जापानी विदेशमन्त्री खामिखावा वसन्तपुरमा (तस्बिरहरू) 

काठमाडौं– आज नेपाल आएकी जापानका विदेश मन्त्री खामिखावा योकोले आजै

अर्थमन्त्रीलाई सुझाव : रोजगारी र उत्पादन बढाउने बजेट ल्याउनू

काठमाडौं- अर्थमन्त्री वर्षमान पुन अनन्तलाई आगामी आर्थिक वर्षको बजेट निर्माण

दक्षता अभिवृद्धिका लागि ५१ जनालाई ट्राफिक प्रशासन तालिम

काठमाडौं– ट्राफिक प्रहरीको दक्षता अभिवृद्धिका लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी

बागमतीमा एकै दिन तीन जनाको शव फेला

हेटौंडा– बागमतीमा शनिबार एकै दिन तीन जनाको शव फेला परेको

टुँडिखेलमा महानगरपालिकाको सीप मेला (फोटो फिचर)

काठमाडौं– काठमाडौँ महानगरपालिकाले काठमाडौँको टुँडिखेलमा सिप मेला सञ्चालन गरिरहेको छ