सहकारीको कूल पूँजीको झण्डै ७० प्रतिशत अपचलन | Khabarhub Khabarhub

सहकारीको कूल पूँजीको झण्डै ७० प्रतिशत अपचलन


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- नेपालगञ्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडको कूल पूँजीको झन्डै ७० प्रतिशत रकम अपचलन भएको छानबिन समितिले देखाएको छ ।

बाँके जिल्ला सहकारी कार्यालयका नवराज उपाध्यायको संयोजकत्वमा गठन भएको छानबिन समितिले दिएको प्रारम्भिक प्रतिवेदनमा ५२ करोड अधिकतम पूँजी रहेको नेपालगञ्ज सहकारीको झन्डै ३८ करोड अपचलन भएको उल्लेख छ ।

सो प्रतिवेदनअनुसार, सहकारीको कूल ५२ करोड अधिकतम पूँजीमा विगतको २६ करोडमा थप १२ करोड अपचलन भएको छ ।

यसैबीच, सो सहकारी संस्थाले आज यहाँ सार्वजनिक सूचना जारी गर्दै असार २१ गते विशेष साधारणसभा बोलाएको छ । सहकारीका अध्यक्ष हरदेवबक्स चौधरीले निक्षेप लगानीकर्ताको रकम फिर्ता कसरी गर्ने र संस्थालाई कसरी अगाडि बढाउने भन्ने मुख्य एजेण्डा बनाएर विशेष साधारणसभा बोलाइएको बताए ।

एक महिनाअघि सो सहकारीका प्रबन्धकलगायतका कर्मचारीले रकम अपचलन गरेपछि बचतकर्ताको संस्था कार्यालयमा घुइँचो लाग्ने गरेको छ । पैसा पाउने आशामा सहकारीपीडित दैनिक सहकारीको कार्यालय अगाडि जाने गर्छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेले सहकारीको रकम अपचलन गर्ने कर्मचारीलाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाएको प्रहरी उपरीक्षक वीरबहादुर ओलीले बताए ।

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  १० : ३९ बजे

पर्याप्त सुधार गरेर आगामी बजेट ल्याउने तयारीमा छौँ : अर्थमन्त्री पुन

काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले पर्याप्त सुधार गरेर आगामी वर्षको बजेट

मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउँछौँ : मन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडियाको सबलीकरण र

विपद् व्यवस्थापन गर्न बजेट होइन इच्छाशक्ति हुनुपर्‍यो : गृहमन्त्री लामिछाने

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले विपद् व्यवस्थापन गर्न बजेट

बाटो ढुकेर सिरहाका अमितले हानेका थिए १२ कक्षाकी विद्यार्थीलाई गोली

झापा- झापाको दमकमा शुक्रबार बिहान १२ कक्षाकी एकजना विद्यार्थीलाई गोली

संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा मे २४ लाई ‘अन्तर्राष्ट्रिय मारखोर दिवस’ घोषणा 

संयुक्त राष्ट्रसङ्घ- संयुक्त राष्ट्रसङ्घको महासभाले बिहीबार मे २४ लाई अन्तर्राष्ट्रिय