चुकन्दर खानुभएको छ ? यस्ता छन् फाइदा | Khabarhub Khabarhub

चुकन्दर खानुभएको छ ? यस्ता छन् फाइदा


१२ असार २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

चुकन्दर खानु भएको छ ? हेर्दा रातो देखिने चुकन्दरको तरकारी खानुभएको भए यसको स्वाद पनि तपाईलाई थाहा नै होला ।

चुकन्दर खानु स्वादका लागि मात्रै होइन स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ । यसमा धेरै बढी मात्रामा रेसा (फाइबर), फ्लेभेनाइडस र भेटासायनिन हुन्छ ।  भेटासायनिनले एलडीएल कोलेस्ट्रोलको अक्सिडेसन कम गर्न सघाउँछ र ह्दयाघातको जोखिम हुँन दिँदैन । सबै उमेर समूहका लागि चुकन्दर उत्तिकै फाइदाजनक मानिन्छ ।

चुकन्दरमा धेरै मात्रामा भोरान नामक रसायन पाइन्छ, जुन मानिसको यौन हार्मोन निर्माणमा सहयोगी हुन्छ । चुकन्दर खाँदा यसमा भएको नाइट्राइटस नाइट्रिक अक्साइडमा परिवर्तित हुन्छ । यी दुवै तत्त्वले धमनीलाई फराकिलो पार्न र रक्तचाप कम गर्न सघाउँछ । चुकन्दरलाई प्राकृतिक भियाग्रासमेत भनिन्छ ।

 चुकन्दरका फाइदा

–हर्मोन उत्पादनमा सहयोग पुर्‍याउछ,

–शरीरमा अक्सिजनको वृद्धि भइ मस्तिष्कले राम्ररी काम गर्न सहयोग पुर्‍याउछ,

–चुकन्दरले अल्झाइमर हुनबाट बचाउँछ,

–रक्तचाप बढी भएका व्यक्रिले चुकन्दर खादाँ रक्तचाप नियन्त्रण हुन्छ,

–हृदयघातको जोखिमबाट बचाउँछ,

–शरीरमा रगतको कमी हुन दिदैन,

–रक्तअल्पता हुनबाट बचाउँछ,

–गर्भवती महिलाको लागि फाइदाजनक मानिन्छ

प्रकाशित मिति : १२ असार २०७६, बिहीबार  ७ : ५४ बजे

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख २२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा