प्रेस स्वतन्त्रताको आन्दोलनबाट विचलित हुन्नौँः महासंघ | Khabarhub Khabarhub

प्रेस स्वतन्त्रताको आन्दोलनबाट विचलित हुन्नौँः महासंघ


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा शुरु गरिएको महासंघको आन्दोलनमा साथ दिन सबै पत्रकारहरुलाई आह्वान गरेका छन् ।

अध्यक्ष आचार्यले महासंघले लोकतन्त्रा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको पक्षमा शुरु गरिएको आन्दोलनलाई पक्ष र विपक्षमा कैद नगर्न पनि आग्रह गरे । पत्रकारहरुको हक, हितको पक्षमा गरिएको आन्दोलन कसरी गलत हुन सक्छ ? अध्यक्ष आचार्यको तर्क थियो ।

शहीद पत्रकारहरुको सम्मानमा सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रेस स्वतन्त्रताको एजेण्डालाई लिएर शुरु भएको महासंघको आन्दोलनबाट आफुहरु विचलित नहुने दृढता पनि व्यक्त गरे । अध्यक्ष आचार्यले पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पछिल्लो समय शुरु गरेको आन्दोलन सफल भएरै छाड्ने दावी पनि गरे ।

अध्यक्ष आचार्यले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सुरु गरिएको आन्दोलनलाई सफलतामा पुर्‍याउन सबै पत्रकाहरुले आ-आफ्नो ठाउँबाट योगदान दिनुपर्ने आवश्यक्ता औंल्याएका छन् ।

अध्यक्ष आचार्यले तत्कालीन माओवादीले सशस्त्र द्वन्द्व शुरु गरेयता मात्रै ३७ जना पत्रकार मारिएको उल्लेख गर्दै उनीहरुको हत्यारा पत्ता लगाई तत्काल कारवाही गर्न पनि सरकारसँग माग गरे । महासंघले सशस्त्र द्वन्द्वकालयता बेपत्ता भएका ५ जना पत्रकारहरुको स्थिति सार्वजनिक गर्न पनि सरकारलाई दवाव दिँदै आएको छ ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ५ : २८ बजे

आज २०८१ साल वैशाख १५ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १५ गते शनिबार तदनुसार

गाजा युद्धविरामका लागि मध्यस्थकर्ता इजिप्टको टोली इजरायल प्रस्थान

जेरुसेलम – मध्यस्थकर्ता इजिप्टको प्रतिनिधिमण्डलको केही व्यक्ति शुक्रबार इजरायलतर्फ जान

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं – निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

भोजपुर गोल्डकपः सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा

भोजपुर – ब्वाइज युनाइटेड काठमाडौँ भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो

सिरहा – सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित