२०२० जनवरीबाट विन्डोज सेभेन अपडेट नहुने | Khabarhub Khabarhub

२०२० जनवरीबाट विन्डोज सेभेन अपडेट नहुने


१३ जेठ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- माइक्रोसफ्ट कम्पनीले आफ्नो उत्पादन विन्डोज सेभेनमा गर्दै आएको प्राविधिक सहयोग अब चाँडै बन्द गर्ने भएको छ ।

कम्पनीले १४ जनवरी २०२० सम्ममा विन्डोज सेभेनलाई गर्दै आएको सम्पूर्ण प्राविधिक सहयोग बन्द गर्ने घोषणा गरेको हो । माइक्रोसफ्ट अफिसका धेरैजसो प्रयोगकर्ताहरुले विन्डोज सेभेनलाई अत्यधिक रुपमा रुचाइ रहेको अवस्थामा कम्पनीको यस्तो घोषणाले दुखित बनाएको छ ।

कम्पनीले भने विन्डोज टेनमा उपभोक्ताहरुलाई अपडेट गर्न आग्रह गर्दै यसअघि सूचना प्रकाशित गरिसकेको छ । माइक्रोसफ्ट वेबसाइटका अनुसार विन्डोज सेभेनका प्रयोगकर्तालाई आफ्नो पुरानो सिस्टममा विन्डोज सेभेन चलाउन सक्ने जानकारी दिइएको छ ।

कम्पनीले विन्डोज दश अपडेट गरेपछि आफ्नो प्रयोगकर्तालाई नयाँ पिसी खरिद गर्न सुझाव दिएको छ । कम्पनीले निर्धारित समय सकिएपछि पनि विन्डोज सेभेन चलाउन भने मिल्ने जनाएको छ । त्यसमा प्राविधिक अपडेट भने हुने छैन । जसका कारण सफ्टवेयर तथा सुरक्षा अपडेट नहुँदा भाइरस तथा मालवेयरको खतरा रहने छ । सुरक्षित रहनका लागि विन्डोज टेन प्रयोग गर्न उपयुक्त हुनेछ ।

यसको सबै फिचरको रमाइलो लिन नयाँ कम्प्युटर लिनु पर्ने कम्पनीले जनाएको छ । यद्यपि, तपाईंले पुरानो कम्प्युटरमा पनि विन्डोज टेन प्रयोग गर्न सक्नु हुनेछ । तर यसको सबै फिचरको अनुभव लिन चाहनु हुन्छ भने नयाँ कम्प्युटर आवश्यक हुने कम्पनीको भनाइ छ ।

प्रकाशित मिति : १३ जेठ २०७६, सोमबार  ६ : ४० बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले