विप्लब समूहबाट नाम हटाउन निवेदन | Khabarhub Khabarhub

विप्लब समूहबाट नाम हटाउन निवेदन


१४ बैशाख २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ-नेत्रविक्रम चन्द ‘विप्लब’ समूहमा आबद्ध व्यक्तिले सो समूहबाट आफ्नो नाम हटाउन जिल्ला प्रहरी कार्यालय पुगेको प्रहरीले जनाएको छ ।

शुक्रबार मात्रै केदारस्युँ गाउँपालिका–१ रायलका १९ वर्षीय सन्दीप मल्लले आफू विप्लब समूहमा आबद्ध नभएको भन्दै नाम हटाउन निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका बझाङका सूचना अधिकारी प्रहरी निरीक्षक नैनबहादुर साउदले जानकारी दिए ।

त्यस्तै दुर्गाथली गाउँपालिका–७ बस्ने २८ वर्षीय सन्तोष दौल्यालले आफू विप्लब समूहमा नरहेको र आगामी दिनमा नरहने प्रतिबद्धतापत्रसहित जिल्ला प्रहरी कार्यालयमा निवेदन पेश गरेका छन्।

प्रहरीमा निवेदन पेश गरेपछि उनीहरुको नाम अभिलेखबाट हटाइएको प्रहरी निरीक्षक साउदले जानकारी दिए । प्रहरीले जिल्लाका उक्त समूहमा आबद्ध हुनेमाथि निगरानी बढाएको छ । पछिल्लो समयमा प्रहरीले जिल्लाको सुरक्षा व्यवस्था निकै कडा पारेको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर केसीले बताए ।

प्रकाशित मिति : १४ बैशाख २०७६, शनिबार  ९ : ४३ बजे

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै