महाभारतका यी महत्त्वपूर्ण पाँच पात्रबारे तपाईंलाई थाहा छ ? | Khabarhub Khabarhub

महाभारतका यी महत्त्वपूर्ण पाँच पात्रबारे तपाईंलाई थाहा छ ?


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

महाभारत हिन्दू धर्म संस्कृतिको महत्वपूर्ण ग्रन्थ हो । महाभारतमा कयौं यस्ता पात्रहरु छन् जसको भूमिका निकै महत्वपूर्ण थिए । जो आन्तरिक समस्यासँग पनि जुधिरहेका थिए । महाभारतका केही महत्त्वपूर्ण पात्रहरुका बारेमा हामी यहाँ उल्लेख गर्न गइरहेका छौं ।

१. शकुनी

महाभारतका एक महत्त्वपूर्ण पात्र हुन् शकुनी । शकुनीका कारण नै महाभारतको युद्ध भएको थियो । उनी कौरवका पक्षबाट लडेका थिए । दुयोर्धनका मामा समेत रहेका शकुनी पाण्डवहरु मात्र नभइ कुरु वंश नै नाश गर्न चाहन्थे । उनका हर्कतको पछाडि उनीसँग भएको अत्याचारको कथा लुकेको छ ।

भीष्म पितामहले जब धृतराष्ट्रका लागि गान्धारीको हात माग्न गए तब शकुनीलाई यो कुरा मन परेन किनकी धृतराष्ट्र नेत्रहीन थिए । धृतराष्टसँग गान्धारीको विवाहको विरोधमा थिए सकुनी । तर गान्धारीको विवाह धृतराष्ट्रसँग नगर्दा समस्या उत्पन्न भयो र त्यसका लागि सकूनी बाध्य भए । उनमा प्रतिशोधको भावना थियो । त्यसपछि शकुनीले पाण्डव र कौरबका बीचमा प्रतिशोधको भावना उत्पन्न गराए । नेत्रहीन भिनाजु(धृतराष्ट्र) लाई उनले राजकाजमा सहयोग गरे र पाण्डवहरु विरुद्ध उस्काए जसका कारण युद्ध भएको थियो ।

२. कर्ण

महाभारतका अर्का महत्वपूर्ण पात्र हुन् कर्ण । कुन्ती पुत्र कर्ण कुशल योद्धा थिए र स्वभावले उनी बराबरका दानवीर कोही थिएन । तर आमा कुन्तीको एक गल्तीका कारण क्षत्रिय भएर पनि उनले जिन्दगी भर सूद्रको छोराको नामले चिनिए । सुद्र भएका कारण उनी सर्वगुण सम्पन्न भएर पनि द्रोपदीले विवाह गर्न अस्वीकार गरेकी थिइन् ।

कर्णले धेरै पछि मात्र आफू कुन्तीको छोरा भएको थाहा पाएका थिए । कुन्ती पुत्र भएपनि कर्ण कौरबको पक्षबाट पाण्डवहरुको विरुद्धमा लडेका थिए ।

३. कृष्ण

महाभारतका महत्वपूर्ण र मुख्य पात्र हुन् भगवान कृष्ण । मनमोहक भूमिका तथा युद्ध नीतिका अनौठो संगमले उनको लोकप्रियता प्रमाणित गरेको थियो ।
सत्य र असत्यको बीचको युद्धको रुपमा रहेको महाभारतमा कृष्णले सत्य(पाण्डव)को पक्षबाट युद्ध लडेका थिए । उनीले युद्धमा कृष्णको रथ हाँकेका थिए र पाण्डवलाई युद्ध मैदानमा जीत दिलाउनका लागि कृष्णले नै मार्गदर्शन गरेका थिए । कृष्णले रणभूमिमा अर्जुनलाई दिएको ज्ञान आज पनि गीताको रुपमा विश्व प्रसिद्ध र निकै महत्वपूर्ण धर्मग्रन्थको रुपमा रहेको छ ।

४. द्रौपदी

अनुपम सौन्दर्यको मालिक द्रौपदी सर्व गुणसम्पन्न कन्या थिइन् । उनको विवाह एक उच्च राजशी कुलमा भएको थियो तर कुन्तीको एक बचनले उनी पाँच पतिको पत्नी बनेकी थिइन् । यसपछि उनले आफ्नो जीवनको धेरै समय वनवासमा विताएकी थिइन् । द्रौपदीका विषयमा महाभारतमा धेरै कथाहरु छन् । केहीले उनको अभिमानका कारण महाभारत युद्ध भएको बताउने गरेका छन् भने केहीले उनीमाथिको अत्याचारका कारण युद्धको अवस्था बनेको थियो । राजसभामा मानिसहरुका बीचमा दुशासनले उनको चीरहरण गरेपछि द्रौपदीले आफ्ना पाँच पतीसँग दुर्योधन र दुशासनको हत्याको शपथ लिन लगाएकी थिइन् ।

५.भीष्म पितामह

भीष्मपितामह महाभारतका यस्ता महत्वपूर्ण पात्र हुन् जसले विपक्षी पाण्डव विरुद्ध लडाइ लडिरहँदा उनीहरुको जीतको कामना गरिरहे । कौरव सेनाका सेनापति समेत रहेका भीष्मले लिएको प्रतिज्ञालाई आज पर्यन्त पनि सम्मानका साथ लिइन्छ । उनले लिएको प्रतिज्ञाका कारण उनले विवाह गरेनन् र सिंहासनको रक्षाका लागि अन्तिम समयसम्म लडिरहे । इच्छा मरणको बरदान पाएका भीष्मपितामहका प्रिय थिए अर्जुन । भीष्म उनै अर्जुनको बाणका कारण शैयामा परे र आफ्नो जीवन त्याग गरे ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ५ : ४३ बजे

जीब्रोमा नून बोक्नेको तरकारी चाख्ने सोख

घरव्यवहारबाट वाक्क, दिक्क, प्याक्क भएपछि एक वृद्ध बनबास गएछन्। वनबास

कक्षा १२ छिचोल्ने प्रयास (तस्बिरहरू) 

काठमाडौं– यस वर्षको कक्षा १२ को बोर्ड परीक्षा आजदेखि सुरु

अष्ट्रेलियाको समुन्द्र तटबाट १३० ह्वेल माछाको उद्धार

सिड्नी– पश्चिमी अष्ट्रेलियाको सामूहिक समुद्र तटबाट १३० ह्वेलको उद्धार गरिएको

 लोभलाग्दो ‘ड्रागन’ खेती

वालिङ– दश वर्ष कोरिया बसेर फर्किएका शिव थापा व्यावसायिक रूपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा