हस्तकलाको संरक्षण गर्नुपर्छः उपराष्ट्रपति (भिडियो सहित) | Khabarhub Khabarhub

हस्तकलाको संरक्षण गर्नुपर्छः उपराष्ट्रपति (भिडियो सहित)


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली हस्तकलाको संरक्षण, सम्वद्र्धन र विकासमा विशेष जोड दिन सरकारलाई आग्रह गरेका छन् । उपराष्ट्रपति पुनले नेपालको निर्यात व्यापारमा समेत ठूलो योगदान दिँदै आएको हस्तकलाको संरक्षण र सम्वद्र्धन गर्नुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

बुधबार ललितपुरको पाटन दरबार क्षेत्रमा आयोजित ‘कला तथा संस्कृति महोत्सव’को उद्घाटन गर्दै उनले नेपाली कला र संस्कृति संकटमा पर्दै गएको उल्लेख गर्दै त्यसको संरक्षणमा लाग्न पनि सबैलाई आह्वान गरे । उपराष्ट्रपति पुनले नेपालको चिनारीको रुपमा रहेको कला र संस्कृतिको विकासमा सबैले उत्तिकै चासो दिनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

५ दिनसम्म चल्ने महोत्सवमा ललितपुरको कला, संस्कृति झल्कने खालका विभिन्न हस्तकलाका सामग्रीहरु राखिएका छन । विश्व कला परिषदले ललितपुरको पाटन दरबार क्षेत्रलाई ‘कला नगरी’को रुपमा घोषणा गरेको स्मरणमा हरेक वर्ष पाटन दरबार क्षेत्रमा कला तथा संस्कृति महोत्सव आयोजना गर्न शुरु गरिएको हो । महोत्सवबाट त्यहाँको कला र संस्कृतिलाई विश्वमा चिनाउन सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

के भने उपराष्ट्रपतिले ? बाँकी भिडियोबाट

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  ४ : ४० बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको