कांग्रेसले तोक्यो महाराष्ट्रका लागि ४० मुख्य चुनाव प्रचारक | Khabarhub Khabarhub

कांग्रेसले तोक्यो महाराष्ट्रका लागि ४० मुख्य चुनाव प्रचारक


१३ चैत्र २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतीय राष्ट्रिय कांग्रेसले महाराष्ट्रमा पहिलो २ चरणमा हुने लोक सभा निर्वाचनका लागि प्रचारकहरुको सूची तयार पारेको छ । पार्टीले मङ्लबार सार्वजनिक गरेको सूचीमा ४० जना नेताहरुको नाम रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।

सूचीमा कांग्रेस अध्यक्ष राहुल गान्धी, युपिए अध्यक्ष सोनिया गान्धी, पूर्वप्रधानमन्त्री डा मनमोहन सिंह, पार्टीका बरिष्ठ नेताहरू माल्लिकार्जुन खार्गे, गुलाम नाबी आजाद र सुशील कुमार शिन्देलगायत छन् । तोकिएका नेताहरुले ती निर्वाचन क्षेत्रका लागि पार्टीबाट उठाइएका उम्मेदवारलाई जिताउन प्रयास गर्ने पार्टीले जनाएको छ ।

महाराष्ट्रमा ४८ सिटका लागि निर्वाचन हुन लागेको छ । सात चरणमा हुने लोकसभा निर्वाचन यही अप्रिल ११ देखि शुरु हुन लागेको छ । निर्वाचन मे १९ सम्म चल्नेछ ।

महाराष्ट्रमा भने अप्रिल ११ देखि शुरु भई पहिलो चार चरणमा निर्वाचन हुनेछ । निर्वाचनको नतिजा भने मे २३ मा घोषणा गरिने निर्वाचन आयोगले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७५, बुधबार  १० : ४८ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी