सभामुखको टुंगो नलाग्दा प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित | Khabarhub Khabarhub

सभामुखको टुंगो नलाग्दा प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ सभामुख चयनका विषय सहमति नजुटेपछि आजका लागि बोलाइएको प्रतिनिधिसभा सूचना टाँस गरेर स्थगित भएको छ । बैठक पुस १६ गतेसम्मलाई स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

नेकपामा सभामुखका लागि उम्मेदवारमा सहमति नभएकै कारणले प्रतिनिधि सभाको आज १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित भएको हो ।

संसदको सम्भावित कार्यसूचीमा आजको बैठकमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ को उपनियम १ बमोजिम सभामुखको निर्वाचनका लागि दिन निर्धारण गर्ने कार्यतालिका थियो ।

सत्तारुढ दल नेकपाका दुई अध्यक्षबीच सभामुख कसलाई भन्ने सहमति बन्न नसक्दा आजका लागि बोलाइएको संसद स्थित हुन सक्ने सम्भावना बढेको हो ।

नेकपाबाट छलफलका लागि अलिकति समय चाहियो भन्ने कुरा आएपछि बैठक १६ गतेका लागि सारिएको हो ।

यसबारे कार्यव्यवस्था परामर्श समितिले निर्णय गर्ने उनको भनाइ छ । तर कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको भने छैन ।

नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमति हुन सकेको छैन ।

पूर्वएमाले पक्षले पूर्वसभामुख सुवास नेम्वाङ र पूर्वमाओवादीले अग्नि सापकोटालाई अघि सारेपछि नेकपामा सभामुख कसलाई बनाउने भन्ने निर्णय हुन सकेको छैन ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच कुराकानी भएर टुंगो लगाउने तयारी गरिएको भएपनि । बुधबार गृहजिल्ला चितवन गएका प्रचण्ड बिहीबार पनि चितवन नै बसे । जसका कारण सभामुख चयन गर्न नेकपाले सकिरहेको छैन ।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा गर्न नेकपाले निर्देशन दिएको समाचारहरु बाहिरिएपनि उनले राजीनामा दिएकी छैनन् ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  १२ : ४० बजे

सर्लाहीका आगलागीपीडितलाई सशस्त्रको राहत

बरहथवा– सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँका आगलागीपीडितलाई सशस्त्र प्रहरीले राहत

मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको

मधेशमा ९ महिनामै आगलागीका १२ सय घटना, ५६१ घर जले, २० जनाको मृत्यु

जनकपुरधाम- मधेश प्रदेशमा चालु आर्थिक वर्ष २०८०/८१ मा १२ सय

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं– नेपालले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा

अपाङ्ग तथा ज्येष्ठ नागरिकका लागि घुम्ती शिविर

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई