देशभर चिसो बढ्दै, आज काठमाडौंको न्युनतम तापक्रम १.५ डिग्री सेल्सियस | Khabarhub Khabarhub

देशभर चिसो बढ्दै, आज काठमाडौंको न्युनतम तापक्रम १.५ डिग्री सेल्सियस


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- देशभर चिसो बढेको छ । देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराईका मध्य तथा पश्चिमी भूभागहरुमा बाक्लो हुस्सुर कुहिरो लाग्ने मौसमविदले बताएका छन् । राम्रोसँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट आई चिसो बढ्ने देखिएको मौसमविदको भनाई छ ।

चिसोबाट बच्ने उपायहरु अपनाउनुका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न र सतर्कता अपनाउन मौसमविदले आग्रह गेका छन् ।

काठमाडौँ उपत्यकाको हिजो (बिहीबार) यो वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको थियो । बिहीबार बिहान काठमाडौँको न्यूनतम तापक्रम एक डिग्री सेल्सियस मापन भएको थियो ।

आज (शुक्रबार) बिहान पनि काठमाडौँ उपत्याकाको न्यूनतम तापक्रम १.५ डिग्री सेल्सियस मापन भएको मौसमविद विभूति पोखरेलले जानकारी दिइन् । उनका अनुसार आजको अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेलिस्यससम्म पुग्ने अनुमान गरिएको छ ।

यस्तो छ ३ दिनको मौसम पूर्वानुमान

पुस ११ गते (शुक्रबार )

दिउँसो : देशका पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

राति : देशको मध्य तथा पूर्वी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

पुस १२ गते (शनिबार)

दिउँसो : देशका पूर्वी पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

राति : देशको मध्य तथा पूर्वी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ।

पुस १३ गते (आइतबार)

दिउँसो : देशभर मौसम सामान्यतया मौसम सफा रहनेछ।

राति : देशभर मौसम सामान्यतया मौसम सफा रहनेछ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ७ : ५७ बजे

सुनको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

भातै पोखिएपछि माडको के माया ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट