महावीरको राष्ट्रिय आविष्कार केन्द्रलाई बिद्युतीय बस बनाउन चिनियाँ कम्पनीले सहयोग गर्ने  | Khabarhub Khabarhub

महावीरको राष्ट्रिय आविष्कार केन्द्रलाई बिद्युतीय बस बनाउन चिनियाँ कम्पनीले सहयोग गर्ने 


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ एक बिजुली बस बनाउने कम्पनीले रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्ने भएको छ ।

चीनमा बिजुली बस बनाउने कम्पनी सिचुवान गुवान अटोमोवाइल्सका सिइओ च्यङलिङ लोले कीर्तिपुरस्थित पुनको राष्ट्रिय आविष्कार केन्द्रको अवलोकन गर्दै सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् ।

आविष्कार केन्द्रको अवलोकन गर्न पुगेका उनले त्यहाँ निमार्णाधीन विद्युतिय सवारीमा विशेष चासो दिएका थिए ।

उनले विद्युतिय सवारी साधन बनाउन चाहिने ब्याट्री मोटरलगायत सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको उनीसँगै पुगेका सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए।

‘यहाँका विद्यार्थीहरूले आफूलाई के–के चाहिन्छ हामीलाई लिस्ट दिनुहुन्छ। हामी त्यो लिस्ट कम्पनीलाई पठाउँछौ,’ च्यङलिङको भनाइ उद्धृत गर्दै थापाले भने ।

सुन्दर यातायातले सिचुवान गुवान अटोमोवाइल्सका बिजुली बस सञ्चालन गरिरहेको छ।

 

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ६ : ०७ बजे

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं– पाकिस्तान–अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी–२० विश्वकपको समयमा

विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने माग 

काठमाडौं– जनमत पार्टीले विदेशमा रहेका नेपालीले आम निर्वाचनमा मतदान गर्न

इजराइलद्वारा पूर्वी रफाहबाट एक लाख मानिसको सुरक्षित स्थानान्तरण

जेरुसेलम– इजराइली सेनाले सोमबार दक्षिणी सहर गाजामा सम्भावित स्थलगत आक्रमण

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

संकटमा माटोका भाँडा व्यवसायी

कैलाली– पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि