अपडेटः अर्घाखाँची बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुग्यो | Khabarhub Khabarhub

अपडेटः अर्घाखाँची बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुग्यो


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची- अर्घाखाँचीमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ ।

सदरमुकाम सन्धीखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस बुधबार अपराह्न नरपानीमा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १२ पुगेको हो ।

बस अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा दुर्घटना भएको हो । दुर्घटनामा भएका घाइते अन्य यात्रुको उद्धार जारी रहेको छ ।

दुर्घटना गम्भीर घाइते भएकाहरुलाई उपचारका लागि बुटवल पठाइएको छ। घाइते मध्ये दुई जनाको सन्धीखर्कमै उपचार भइरहेको छ ।मृतक र घाइतेको अहिलेसम्म सनाखत हुन सकेको छैन ।

अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट डीएसपी प्रकाश विष्टको नेतृत्वको टोली उद्दारका लागि खटिएको छ । घटनाबारे थप विवरण संकलन भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ४ : ४५ बजे

इलाममा अघि लागे एमालेका सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २,

चलचित्र ‘बलिदान’ मा कलाकार बन्ने अवसर !

काठमाडौं– चलचित्र ‘बलिदान’ मा कलाकार बन्ने अवसर खुलेको छ । निर्माण

हत्या आरोपका प्रतिवादी ९ वर्षपछि पक्राउ

काठमाडौं– प्रहरीले कर्तव्य ज्यानसम्बन्धी घटनामा ९ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ

छबिसपथिभेराको मत गनिसक्दा एमालेलाई ७ सय १४ मतको अग्रता

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनमा छबिसपथिभेरा गाउँपालिकाको मतगणना सकिएको

मकवानपुरमा डेङ्गु सङ्क्रमित बढ्दै

बागमती– पछिल्लो नौ महिनाको अवधिमा मकवानपुरमा आठ सय ५७ जना