प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे देउवा, भेट्न भने पाएनन् | Khabarhub Khabarhub

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे देउवा, भेट्न भने पाएनन्


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अस्पताल पुगेका छन् ।

देउवा बुधवार(आज) दिउँसो मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

अस्पताल गएसँगै देउवाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘शिक्षण अस्पतालको सघन कक्षमा उपचार गराईरहनु भएका प्रधानमन्त्री एवं मेरा मित्र केपी शर्मा ओलीजीको स्वास्थ्य अवस्थाकाबारेमा आज अस्पताल पुगेर जानकारी लिएँ। चिकित्सकका अनुसार उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार आईरहेको छ। उहाँको शिघ्र स्वास्थ लाभको कामना गर्दछु।’

प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुगेपनि देउवाले भेट गर्न भने पाएनन् । प्रधानमन्त्री ओलीलाई भेट गर्न नपाएपनि उनले चिकित्सकसँग प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

अस्पतालका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएको छ । उनी कुराकानी गर्न सक्ने भएका छन् । बुधवार विहान पत्नी राधिका शाक्यको सहयोगमा उनले कालो चिया पिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  २ : ४१ बजे

इलाम र बझाङमा माओवादीको दहीच्युरे नीति किन?

काठमाडौं – प्रतिनिधि सभामा ३२ सिट भएको नेकपा (माओवादी केन्द्र)

एक ढिक्का भएर कांग्रेसलाई बलियो बनाउनुपर्छ : शेखर कोइराला

बाँके –नेपाली काग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले पार्टीलाई बलियो

माटोको ढिस्कोमा पुरिएर एकको मृत्यु

कैलाली – कैलालीको गौरीगङ्गामा माटोको ढिस्कोमा पुरिएर आज एक महिलाको

बेलायत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ३४ लाख

काठमाडौं महानगरद्वारा दाङ र गुल्मीका दुई पालिकालाई राहत प्रदान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दाङ र गुल्मीका दुई