देउवाले पोखरा आएर सूर्यलाई हातले छेक्न खोजे– प्रचण्ड | Khabarhub Khabarhub

देउवाले पोखरा आएर सूर्यलाई हातले छेक्न खोजे– प्रचण्ड


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखरामा आएर सूर्यलाई हातले छेक्न खोजेको बताए ।

बुधबार पोखराको नयाँबजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेस सभापति देउवाले झुटो कुरा गरेर जनतालाई भ्रममा पार्न खोजेको पनि बताए ।

केही दिन अगाडि मात्रै पोखरामा आयोजित चुनावी सभामा बोल्दै कांग्रेस सभापति देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो भू–भागमा पार्ने गरी भारतले प्रधानमन्त्री ओलीसँग सल्लाह गरेर नक्सा जारी गरेको आरोप लगाएका थिए ।

देउवाको उक्त आरोपबारे नेकपाका नेताहरुले चर्को आलोचना गरिरहेका छन् ।

बुधबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष प्रचण्डले पनि देउवाले सूर्यलाई हातले छेक्ने खोज्ने जस्तो गरी हल्का अभिव्यक्ति दिएको टिप्पणी गरे ।

अध्यक्ष प्रचण्डले कांग्रेसका केही नेताहरुमा अझै पनि हैकमवादी प्रवृत्ति रहेको उल्लेख गर्दै उनीहरुले जनतालाई कारिन्ता सम्झेर फर्मान जारी गर्ने गरेको पनि आरोप लगाए ।

अध्यक्ष प्रचण्डले वर्तमान सरकार ५ वर्षसम्म चल्ने र यसको स्थिरतामा कमी नआउने स्पष्ट पनि पारे । पार्टीमा अन्योल पनि नरहेकाले अब मुलुकलाई विकास र समृद्धितर्फ डोर्‍याउन प्रतिबद्ध भएर लाग्नुपर्ने विषयमा प्रचण्डले जोड दिए ।

नेकपाका कारण ७० वर्षपछि मुलुकमा राजनीतिक स्थायित्व भएको जनाउँदै उनले भने, ‘नेकपाको जोखिम र साहसिक निर्णयले अराजक स्थितिको अन्त्यसँगै मुलुकमा गणतन्त्र स्थापना भएको छ ।’

नेकपाका उम्मेदवार विद्या भट्टराई एक अध्ययनशील र राष्ट्रिय व्यक्तित्व पनि भएकाले पार्टीले उम्मेदवार बनाएको उल्लेख अध्यक्ष प्रचण्डले उनलाई विजयी बनाउन आग्रह गरे ।

नेकपाकै अग्रसरतामा नै मुलुकमा महिलालाई राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश बनाएको जनाउँदै उनले गणतान्त्रिक संविधानमा दलित, मधेशी, आदिवासी जनजातिलगायत सबैको अधिकार सुनिश्चित गरिएको उल्लेख गरे ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  १ : ५५ बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी