रिलिज पहिले नै विवादमा फस्यो सलमान खानको फिल्म ‘दबंग ३’ | Khabarhub Khabarhub

रिलिज पहिले नै विवादमा फस्यो सलमान खानको फिल्म ‘दबंग ३’


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सलमान खानको फिल्म ‘दबंग ३’ रिलिजभन्दा पहिले नै विवादमा फसेको छ । हिन्दू जनजागृति समितिले सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशनलाई फिल्मको सर्टिफिकेट नदिन आग्रह गरेको छ ।

समितिले फिल्मको शीर्ष गीत ‘हुड हुड दबंग’ मा देखाइएको नृत्यले हिन्दू भावनामाथि ठेस पुर्‍याउने प्रयास गरेको आरोप लगाएको छ ।

फिल्मको गीतमा सलमान खानसँग ऋषिहरुले आपत्तिजनक किसिमले नृत्य गरेको देखाइएको भन्दै समितिले विरोध गरेको हो । यो नृत्यले हिन्दूहरुको भावनामा ठेस पुर्‍याएको समितिको दाबी छ ।

फिल्मको गीतमा सलमान खान नदीको किनारमा ऋषिहरुसँग नाच्दै गरेको देख्न सकिन्छ । यसका अलावा उनले ३ जनासँग आशीर्वाद लिन्छन् । ती ३ जना शिव, विष्णु र ब्रह्माको भेषमा हुन्छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ११ : ५३ बजे

सहकारी सुशानका लागि दुई दिने कार्यक्रम गर्दै नेफ्स्कून

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) को

‘ब्लु हिल’ मा परिणत हुँदै डोयको डाँडा

गलकोट– चारैतिर हरियाली वन । आँखै अघि देखिने हिमशृङ्खला र

टेस्लाका सिइओ एलन मस्क छलफलका लागि चीनमा

काठमाडौं– अर्बपति तथा टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क आइतबार

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं– सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश र

इलाममा अघि लागे एमालेका सुहाङ

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २,