प्रधानमन्त्रीको स्वास्थ्य हिजोसम्म "क्रिटिकल" आज खतरामुक्त : डा सायमी | Khabarhub Khabarhub

प्रधानमन्त्रीको स्वास्थ्य हिजोसम्म “क्रिटिकल” आज खतरामुक्त : डा सायमी


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एपेन्डिसाइटिसको शल्यिक्रिया गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको ओलीको स्वास्थ्य सुधारउन्मुख र खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।

मंगलबार त्रिवि शिक्षण अस्प्ताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिक्सको शल्यक्रिया गरिएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अहिले खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य खतरामुक्त रहेकाले भेन्टिलेटर ( कृतिम श्वासप्रश्वास) बाहिर राखिएको प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे निगरानी गरिरहेका अस्पतालका वरिष्ठ चिकित्सक अरुण सायमीले बताए ।

‘उहाँको हिजोको अवस्था अलि क्रिटिकल नै थियो, अहिले सुधार भएको छ, उहाँ खतरामुक्त हुनुहुन्छ,’ डा सायमीले खबरहबसँग भने, ‘अहिले प्रधानमन्त्रीज्यु कुराकानी पनि गर्न थाल्नुभएको छ ।’

प्रधानमन्त्री ओलीलाई अहिले आइसियुमै राखेर डा सायमीको नेतृत्वको चिकित्सका टोलीको निरन्तर निगरानी गरिरहेको  छ । प्रधानमन्त्री ओलीले चिकित्सकहरुसँग कुराकानी गरेपनि चिकित्सक बाहेक अन्य व्यक्तिहरुलाई भने भेट्न निषेध गरिएको छ ।

१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको मिर्गौला पुनः विग्रिएको छ । मिर्गौलाका समेत बिरामी भएकाले प्रधानमन्त्री ओली संक्रमण हुने जोखिम भने रहेको चिकित्सकले बताए ।

संक्रमणको जोखिम भएकाले प्रधानमन्त्री ओलीलाई भेट्न पुग्नेहरु भने उनको स्वास्थ्य अवस्था बुझेर मात्र फर्किएका छन् ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  १२ : ०७ बजे

न्यू इङल्याण्डमाथि इन्टर मियामीको फराकिलो जित

काठमाडौं– अमेरिकन लिग सकर (एमएलएस) अन्तर्गत इन्टर मियामीले न्यू इङल्याण्डमाथि

शहीद लखन थापाको सालिक निर्माण

चितवन– नेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा सालिक

गुल्मीमा मलामी चढेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ घाइते

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा

इलाम–२ को मतगणना बिहान ११ बजे सुरु गरिने

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणना आज बिहान ११

इलाम–२ मा मतगणनाका लागि सर्वदलीय बैठक जारी

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वपक्षीय र