न्यून चापीय प्रणालीका कारण आज पनि मौसममा बदली हुने | Khabarhub Khabarhub

न्यून चापीय प्रणालीका कारण आज पनि मौसममा बदली हुने


११ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पश्चिमि न्यून चापीय प्रणालीको प्रभाव जारी रहेकाले आज पनि मौसममा बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशको पश्चिमी भूभागमा आंसिक बदली हुने छ भने बाँकी भुभागमा मौसम सफा रहने छ ।

बुधबार दिउँसो पश्चिमी भूभागका केहि ठाउँमा पानी पर्ने सम्भावना छ भने राति हल्का वर्षासँगै हिमपातको सम्भावना छ ।

महाशाखाले जारी गरेको ३ दिने मौसमी पूर्वानुमान यस्तो छ :

मंसिर ११ गते (बुधबार)

दिउँसो: देशको पश्चिमी भूभागमा आंसिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भूभागमा आंशिक वदली रहनेछ । पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा, पश्चिमी हिमाली भुभागमा हल्का देखि मध्यम हिमपात साथै मध्य हिमाली भुभागमा हल्का हिमपातको सम्भावना रहनेछ ।

राति: देशको पश्चिमी भूभागमा सामान्य वदली रही मध्य तथा पुर्वी भूभागमा आंशिक वदली रहनेछ । पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा, पश्चिमी हिमाली भुभागमा हल्का देखि मध्यम हिमपात साथै मध्य हिमाली भुभागमा हल्का हिमपातको सम्भावना रहनेछ ।

मंसिर १२ गते (बिहिबार)

दिउँसो: देशको पश्चिमी तथा मध्य भूभाग लगायत पुर्वी पहाडी भूभागमा आंसिक देखि सामान्य बदलि रहनेछ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा हल्का वर्षा, पश्चिमी तथा मध्य हिमाली भुभागमा हल्का देखि मध्यम हिमपात साथै पुर्वी हिमाली भुभागमा हल्का हिमपातको सम्भावना रहनेछ ।

राति: देशको पहाडी भुभागमा आंसिक देखि सामान्य बदलि रहनेछ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ | हिमाली भुभागमा हल्का हिमपातको सम्भावना रहनेछ ।

मंसिर १३ गते (शुक्रबार)

दिउँसो: देशको पहाडी भूभागमा आंसिक बदलि रहनेछ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति: देशको पहाडी भूभागमा आंसिक बदलि रहनेछ बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  ८ : १७ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

आज २०८१ साल जेठ ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ७ गते सोमबार तदनुसार

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता