प्रभु बैंकले एक अर्बको डिबेञ्चर निस्काशन गर्ने | Khabarhub Khabarhub

प्रभु बैंकले एक अर्बको डिबेञ्चर निस्काशन गर्ने


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजी क्षेत्रको वाणिज्य बैंक प्रभु बैंकले कात्तिक २१ गतेदेखि एक अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ ।

‘१०.२५ प्रभु डिबेन्चर २०८६’ को बिक्री खुला गर्ने भएको छ । बैंकले एक अर्ब रुपैयाँ बराबरको एक हजार रुपैयाँ अंकित दरले दश लाख युनिट ऋणपत्र जारी गर्न लागेको हो । कूल एक अर्ब रुपैयाँको ऋणपत्रमध्ये ४० अर्ब रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणको लागि निष्काशन गरिने छ ।

म्युचुअल फण्डका लागि छुट्टाइएको ५ प्रतिशत अर्थात २० लाख कित्ता पनि सर्वसाधारणको लागि बिक्री गरिनेछ । दश वर्ष भुक्तानी अवधि भएको उक्त ऋणपत्रमा लगानी गर्नेले वार्षिक १०.२५ प्रतिशत व्याजदर प्राप्त गर्नेछन् । व्याज अर्धवार्षिक रुपमा प्रदान गर्ने बैंकले जनाएको छ ।

यो ऋणपत्रमा कार्तिक २१ गतेदेखि छिटोमा कार्तिक २५ गतेसम्म आवेदन दिन सकिनेछ । सनराइज क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको ऋणपत्र ढिलोमा मंसिर २० गतेसम्म खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।

ऋणपत्रमा सर्वसाधारणले न्यूनतम २५ कित्ता र अधिकतम ४ लाख कित्ताको लागि आवेदन गर्न पाउनेछन् । तर, व्यक्तिगत तवरबाट बिक्री गरिने ऋणपत्रमा अधिकतम सीमा नलाग्ने बैंकले जनाएको छ ।

ऋणपत्रमार्फत् जम्मा हुने रकमको ८० प्रतिशत ऋण प्रवाहमा, २० प्रतिशत तरलता प्रसोचन तथा व्यवसायमा खर्च गर्ने बैंकले जनाएको छ । हाल प्रभु बैंकको चुक्ता पूँजी ८ अर्ब भन्दा बढी छ । बैंकको १८६ वटा शाखा, २३ वटा एक्सटेन्सन काउण्टर, १५० वटा एटिएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ४ : १५ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र