तिहारका लागि टेलिकमको अफर–रिचार्ज गर्दा बोनसदेखि डाटा बोनससम्म | Khabarhub Khabarhub

तिहारका लागि टेलिकमको अफर–रिचार्ज गर्दा बोनसदेखि डाटा बोनससम्म


९ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाल टेलिकमले नेपालीको महान् चाड तिहारका साथै छठ र नेपाल संवत्का अवसरमा गत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवामा विभिन्न आकर्षक छुट उपलब्ध गराउने भएको छ ।

सो अवसरमा टेलिकमले मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराउने भएको छ । योभन्दा पहिलेदेखि नै उपलब्ध फोरजी/एलटिइ र अन्य सेवामा विशेष छुटसहितका अफरलाई समेत निरन्तरता दिइएको छ ।

आगामी कात्तिक १० देखि १६ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने टेलिकमले जनाएको छ ।

यस योजनामा रु ५०, १०० र २०० को रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र रु ५०० र १००० को रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ । रु ५०, १०० र २०० को बोनस तीन दिनभित्र र रु ५०० र १००० को बोनस पाँच दिनभित्र उपयोग गरिसक्नुपर्नेछ ।

त्यसैगरी एमपोसबाट रु १० देखि ४९९ सम्मको रिचार्ज गर्दा १० प्रतिशत र रु ५०० वा सोभन्दा माथिल्लो दरको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ । सो बोनस क्रमशः तीन दिन र पाँच दिनभित्र उपयोग गरी सक्नुपर्नेछ ।

त्यसैगरी फोरजी/एलटिई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । अर्को सूचना नभएसम्म यो अफर निरन्तर रहने छ । ग्राहकले ८द्धद्धद्ध३ डायल गरी सिम परिवर्तन गर्नुपर्ने वा नपर्ने थाहा पाउन सकिनेछ ।

टेलिकमले पहिलोपटक फोरजी/एलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई दुई दिनको समयावधिसहितको २०० एमबी डाटा बोनसको रुपमा उपलब्ध गराएको छ । यो छुट कम्पनीले अर्को सूचना प्रकाशित गरी सूचित नगरेसम्म जारी रहने छ । हाल टुजी र थ्रिजी नेटवर्कमा सिम चलाइरहेका ग्राहकले ८द्धद्धद्ध३ डायल गरी फोरजी नेटवर्कमा आबद्ध हुन सकिनेछ ।

प्रकाशित मिति : ९ कार्तिक २०७६, शनिबार  ९ : २५ बजे

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक

‘तीन चरणको चुनावबाटै भाजपा इतिहास बनिसक्यो’ – अखिलेश यादव

एजेन्सी – भारतको उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री एवम्‌ समाजवादी पार्टी प्रमुख

मेक इन नेपाल–स्वदेशी सम्मेलन :  ३५ बुँदे घोषणापत्र जारी

काठमाडौं – नेपाली वस्तुको उत्पादन तथा उपभोग बढाउने र विश्व

भरतपुर महानगरमा भूमिगत विद्युतीकरणको काम ५० प्रतिशत सम्पन्न

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम