सवारी लाइसेन्सका लागि चार लाख कार्ड ल्याइयो | Khabarhub Khabarhub

सवारी लाइसेन्सका लागि चार लाख कार्ड ल्याइयो


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि चार लाख कार्ड ल्याइएको छ । सरकारले १० लाख कार्ड खरिद गरेकामा पहिलो चरणमा चार लाख कार्ड ल्याइएको हो ।

‘ग्लोबल टेण्डर’मार्फत कार्ड खरिद गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता तीर्थराज खनालले जानकारी दिए । केही समयभित्रै बाँकी छ लाख कार्ड आइपुग्ने उनले जानकारी दिए । “कार्ड पर्याप्त आइपुगेपछि भएपछि नियमित र क्षमतानुसार छपाइ हुनेछ”, खनालले भने ।

चालक अनुमतित्रका लागि लिइएको परीक्षा उतीर्ण र नविकरणका लागि राजश्व बुझाएको एक वर्ष नाघेका सेवाग्राहीले अझै चालक अनुमतिपत्र पाउनसकेका छैनन् ।

सरकारले चार वर्षअघि ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण शुरु गरेको हो । देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट परीक्षा उत्तिर्ण गरेकाहरुका लागि चालक अनुमतिपत्र छपाइ विभागले गर्दै आएको छ ।

अहिलेसम्म विभागमा रहेको मुद्रणयन्त्र (छपाइ मेशिन)को क्षमताभन्दा बढी कार्ड छाप्नुपर्ने भएकाले सेवाग्राहीले समयमै चालक अनुमतिपत्र नपाएको विभागले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  १० : १५ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र