परराष्ट्रमन्त्री ज्ञवालीद्वारा नर्वे र भेनेज्वेलाका मन्त्रीसँग भेटवार्ता | Khabarhub Khabarhub

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा नर्वे र भेनेज्वेलाका मन्त्रीसँग भेटवार्ता


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नर्वेका अन्तर्राष्ट्रिय विकास मामिलामन्त्री डाग इन्डे उल्स्टेन र भेनेज्वेलाका विदेशमन्त्री होर्गे अल्वेर्टो अरेजा मोन्टसेराटसँग भेटवार्ता गरेका छन् ।

नर्वेली मन्त्रीसँगको भेटमा द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श हुनका साथै पारस्परिक सहयोग अभिवृद्धिबारे छलफल भएको थियो ।

नेपालमा नर्वेली लगानी आकर्षित गर्ने तथा संयुक्त राष्ट्रसङ्घलगायत अन्य बहुपक्षीय मञ्चहरूमा साझेदारी गर्नेबारेमा पनि दुवै देशका मन्त्रीबीच विचार आदानप्रदान भएको थियो ।

उनीहरूले जलवायु परिवर्तनसहित साझा चासोका अन्य अन्तर्राष्ट्रिय विषयमा पनि कुराकानी गरेका थिए । यसैगरी भेनेज्वेलाका विदेशमन्त्रीसँगको भेट आपसी चासोका विषयमा छलफल भएको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ८ : २२ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

आज २०८१ साल जेठ ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल जेठ ६ गते आइतबार तदनुसार

चेन्नईलाई हराउँदै आरसिबी प्लेअफमा

काठमाडौं – चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बैंगलोरू

ठमेलमा खाना तथा हस्तकला मेला

काठमाडौं – काठमाडौंको प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनका

दश किलोमिटर टाढाबाट मान्म बजारमा खानेपानी

कालिकोट – कालिकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ को मान्म बजारमा खानेपानीको