रेणु दाहालविरूद्ध खनिइन् उपप्रमुख पार्वती, महानगरभित्र भष्ट्राचारको आरोप | Khabarhub Khabarhub

रेणु दाहालविरूद्ध खनिइन् उपप्रमुख पार्वती, महानगरभित्र भष्ट्राचारको आरोप


१४ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भरतपुर महानगरकी उपप्रमुख पार्वती शाह ठकुरीले महानगरभित्र चरम भष्ट्राचार भएको दाबी गरेकी छिन् । मंगलबार पत्रकार सम्मेलन गरी उपप्रमुख शाहले महानगरले खरिद विक्रीका काममा विधि र प्रक्रिया मिचेको, अनुगमन प्रभावकारी नभएको, सरकारी सवारीसाधनको जथाभावी प्रयोग हुने गरेको दाबी गरेकी हुन् ।

महानगरलाई आवश्यक सामान खरिद विक्रि गर्दा सार्वजनिक खरिद ऐन अनुसार प्रक्रिया पूरा गरी जवाफदेही र पारदर्शी बन्न आफुले पटक पटक ध्यानाकर्षण गराउँदा पनि महानगर प्रमुखले वेवास्ता गरेको आरोप लगाइन् । उनले २४ औं बैठकसम्म आइपुग्दा पनि प्रमुखकै कारण महानगरमा लेखा समिति र जिन्सी समिति गठन हुन नसकेको बताइन् ।

पत्रकार सम्मेलनमा उपप्रमुख शाहले महानगरमा भएका अनियमितता, कर्मचारीमाथि हुने गरेको विभेद तथा सरकारी सवारी साधनको दुरुपयोग लगायत१२ बुँदे फेयरिस्त प्रस्तुत गरेकी थिइन् । सामाजिक सञ्जालमा ज्यानमार्ने धम्की आएकोबारे जानकारी गराउँदै उनले यसलाई नियोजित आक्रमण र षड्यन्त्रको रुपमा बुझेको बताएकी छिन् ।

सामाजिक सञ्जाल मार्फत उपप्रमुख शाहमाथि धम्कीपूर्ण भाषा प्रयोग गरिएको सम्बन्धमा यसअघि नै नेपाली कांग्रेसले विज्ञप्ती जारी गरि आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  ११ : ३३ बजे

६ सय परिवारका लागि लिफ्ट आयोजना

नुवाकोट– तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण

भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते

नयाँदिल्ली– भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धन गरिँदै

धादिङ– धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृति मार्फत आन्तरिक तथा

युक्रेनमा रुसलाई सफलता

रुस – भ्लाडिमिर पुटिनको रुसी सेनाले पूर्वी युक्रेनका थप तीन

‘नेपाल यस कारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई