कृषि विकास बैंक ह्याकिङ प्रकरण– स्याङ्जाबाट पक्राउ परे ठेकेदार | Khabarhub Khabarhub

कृषि विकास बैंक ह्याकिङ प्रकरण– स्याङ्जाबाट पक्राउ परे ठेकेदार


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि विकास बैंक ह्याकिङ प्रकरणमा थप १ जना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको अनुरोधमा जिल्ला प्रहरी कार्यालय स्याङ्जाको टोलीले बिहीबार मध्याह्न स्थानीय रामकृष्ण भुसाललाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकूल थापाले स्याङ्जाबाट रामकृष्ण भुसाल पक्राउ परेको पुष्टि गरे ।

एसएसपी थापाका अनुसार कृषि विकास बैंकबाट ह्याक भएकोमध्ये भुसालको खातामा ६५ लाख रुपैयाँ रकम ट्रान्सफर भएको देखिएको थियो ।

प्रहरीले ह्याक भएको रकम ट्रान्सफर भएका खाताको विवरण अध्ययन गरेर भुसाललाई पक्राउ गरेको हो ।

पक्राउ परेका भुसाल स्याङ्जाका निर्माण व्यवसायी (ठेकेदार) हुन् । उनले प्रतिक्षा निर्माण सेवा नामक निर्माण कम्पनी दर्ता गरेका जनाइएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  १ : ३७ बजे

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको दाबी

मस्को – रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको

चितवनमा चालुआवको हालसम्म ६ बाघ मृत भेटिए

चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका क्षेत्रमा छवटा

तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान

सङ्खुवासभा – विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला