झोलामा ८ किलो चरेश बोकेर नाइट बसमा सरर... | Khabarhub Khabarhub

झोलामा ८ किलो चरेश बोकेर नाइट बसमा सरर…


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– काठमाडौंबाट धरानतर्फ जाँदै गरेको बसमा यात्रारत एक युवती लागू औषध चरेशसहित पक्राउ परेकी छन् ।

काठमाडौंबाट धरानतर्फ जाँदै गरेको बा ४ ख ८०६० नम्बरको रात्री बस चेकजाँचका क्रममा ८ किलो १ सय ६० ग्राम चरेशसहित २४ वर्षीया गिता राई पक्राउ परेकी हुन् ।

पर्साको पटेर्वा घर भएकी राईले आफूले बोकेको झोलामा प्लास्टिकले बेरेर ८ पोका चरेश राखेको अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।

पछिल्लो समय यात्रु बसमा समेत चरेश तस्करी हुने गरेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले हेटौंडामा उक्त बसमाथि चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा २४ वर्षीया राईको झोलामा चरेश फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ परेकी राईमाथि लागू औषध नियन्त्रण ऐन, २०३३ अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  १२ : २३ बजे

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा