पशुपतिनाथ क्षेत्रबाट मासु र मदिराजन्य पदार्थ हटाइँदै | Khabarhub Khabarhub

पशुपतिनाथ क्षेत्रबाट मासु र मदिराजन्य पदार्थ हटाइँदै


९ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व सम्पदामा सूचीकृत पशुपति क्षेत्रमा अवैध रूपमा सञ्चालनमा रहेका घरेलु मदिरा, इजाजत प्राप्त मदिरा र मासुजन्य परिकारलाई हटाउने तयारी थालिएको छ ।

दशैँ र तिहारको अवसरमा अवैध रुपमा सञ्चालनमा रहेका तथा इजाजत पाएका पनि मासु तथा मदिरा जन्य पसल हटाउने पहल शुरु भएको हो । यस क्षेत्रमा रहेका देवस्थलकै दोब्बर हाराहारीमा रक्सी पसल र रक्सी पिउने भट्टी छन् ।

काठमाडौं महानगरपालिका–७ कार्यालय र सामुदायिक प्रहरी साझेदारी कार्यक्रमबाट हटाउने टुङ्गो लागेको वडा सदस्य कृष्णमणि भट्टराईले बताए ।

यो क्षेत्रमा सत्तल पाटी घाटसहित देवस्थल ५१८ छन् भने रक्सी पसल र मासु र जाँड पाइने भट्टी पसल पनि उत्तिकै हाराहारीमा छन् । कामना–७ मा मात्र २०० वटा रक्सी पसल र अनगिन्ती भट्टी छन् ।

नेपाल राजपत्रमा प्रकाशित सूचनाले यो क्षेत्र मांस र मदिरा प्रयोग उपयोग र बेचबिखन निषेधित क्षेत्र हो । ‘सामुदायिक प्रहरी साझेदारी र वडा कार्यालयको पहलमा अवैध मदिरा बिक्री हटाउँदै छौँ, यस विषयमा परामर्श चलिरहेको छ’, काठमाडौँ महानगरपालिका–७ का वडा सदस्य कृष्णमणि भट्टराईले बताए ।

पशुपति क्षेत्रमा २०० वटा रक्सी पसल, ३० वटा रक्सी डिलर छन् । जाँड र रक्सी तथा मासु खानपिउन पाइने ३०० बढी भट्टी पनि छन् । यो ७ वडाको एक खण्ड पशुपति क्षेत्र तोकिएको छ ।

महानगरपालिका वडा नं. ८ का अध्यक्ष दिनेश डङ्गोलका अनुसार सिफलको सेतो ढोकाबाट यो क्षेत्र प्रवेश गरेलगत्तै जयबागेश्वरी क्षेत्रमा पाँचवटा रक्सी पिउने र मासुका परिकार खान पाइने रेस्टुराँ, भट्टी छन् । दुईवटा रक्सीका ठूला डिलर छन् ।

स–साना भट्टीको लेखाजोखा नै छैन । जयबागेश्वरीबाट भूवनेश्वरी चोक पुग्दा यहाँ तीनवटा कहलिएका भट्टी छन्, यो वडाको पनि एक खण्ड पशुपति क्षेत्रमा पर्छ ।

प्रकाशित मिति : ९ आश्विन २०७६, बिहीबार  ७ : ५० बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको