कांग्रेसको आपत्ति : निर्वाचनलाई प्रभावि पार्ने गरी सहसचिवहरुको सरुवा गरियो | Khabarhub Khabarhub

कांग्रेसको आपत्ति : निर्वाचनलाई प्रभावि पार्ने गरी सहसचिवहरुको सरुवा गरियो


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले आगामी मंसिर १४ गतेको उपनिर्वाचनलाई प्रभाव पार्ने गरी सहसचिवहरुको सरुवा गरेको भन्दै गम्भीर आपत्ति जनाएको छ ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसाल गौतमले निर्वाचनलाई प्रभावित पार्ने गरी सरकारले सहसचिवहरुको सरुवा गर्ने काम गरेको भन्दै गम्भीर आपत्ति जनाएकी हुन् ।

गएको साउन १६ गतेको मन्त्रिपरिषद् बैठकले आउँदो मंसिर १४ गते रिक्त रहेका ५० स्थानमा तीन तहको उपनिर्वाचन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार निर्वाचन आयोगले पनि आफ्नो तयारी शुरु गरिसकेको छ । निर्वाचनको तयारी भईरहेका बेला भदौ ४ गते सरकारले ७६ जना सहसचिवलाई सरुवा गरेको हो ।

सांसद गौतमले सहसचिवलाई वरिष्ठताको आधारमा प्रदेशको सचिव बनाएर पठाउने भनी निर्णय गरेपनि सरकारले कसैलाई काखा र कसैलाई पाखा लगाएर सरुवा गर्ने काम गरेको भन्दै टिप्पणी गरिन् । निर्वाचन आयोगका कर्मचारीलाई सरुवा गराउने कार्यशैलीले सरकारको नियतमाथि शंका उब्जाएको र निर्वाचन माथि पनि प्रश्न उठाएको भन्दै उनले निर्वाचन आयोगका कर्मचारीको सरुवा अबिलम्ब रोक्न माग गरिन् ।

संसदको विशेष समयमा बोल्दै नेकपाका सांसद खगराज अधिकारीले सामाजिक सञ्जालमा अराजकता व्याप्त भएको, संवेदना हराएको र प्रधानमन्त्रीलाई स्वर्गवासको कामना गर्ने आपराधिक मनोवृत्ति देखिएको भन्दै त्यस्ता व्यवहार गर्ने प्रति घोर भत्र्सना गरे । उनले डेगुंको प्रकोपले मुलक नै आक्रान्त पारेको भन्दै सम्पूर्ण संयन्त्र प्रयोग गरी डेंगुविरुद्ध मुलुकभर अभियान सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराए ।

यस्तै, सुरेश वाग्ले क्यान्सर अस्पताल शीघ्र निर्माण गर्ने व्यवस्था मिलाउन पनि उनले माग गरे । नेकपाका सांसद हृदयेश त्रिपाठीले नेपाल राष्ट्र बैंकको प्रभावकारी नियमन नभएका कारण बैंकहरुमाथि सर्वसाधरणको विश्वास गुम्दै गएको बताए । उनले बैंकहरुले राम्रो धितोलाई जसरी पनि हात पार्ने र ऋण लगानी गरेर चर्को ब्याज असुल गरी सर्वसाधारणलाई मारमा पार्ने गरेको बताए । विगतमा बैंकिङ कसुरको आरोप लागेका व्यक्ति तीनवटा बैंकका सिईओ भएको दाबी पनि उनले गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र प्रसाद लिङ्देनले एक जना सांसदले ‘भारतले चाह्यो भने सकेको दिन नेपाललाई सिक्किम बनाउँछ या भुटान बनाउँछ’ भन्ने अभिव्यक्ति दिएको भन्दै त्यसबारे थप स्पष्ट पारिनुपर्ने धारणा राखे । उनले यसबारेमा सरकारको पनि ध्यानाकर्षण गराए । केही दिन अघि नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले संसदीय समितिको बैठकमा नेपाल कुटनीति क्षेत्रमा असफल भएको भन्दै ‘भारतले चाह्यो भने सकेको दिन नेपाललाई सिक्किम या भुटान बनाउँछ’ भन्ने अभिव्यक्ति दिएका थिए ।

सांसद लिङ्देनले पूर्व प्रधानमन्त्रीहरु तथा वर्तमान सरकारका उपप्रधानमन्त्री भारतीय विदेशमन्त्रीलाई भेट्न होटलमा जाने कुराले नेपाल र नेपालीको स्वभिमानमाथि प्रश्न उठाउने काम गरको भन्दै गम्भीर आपत्ति जनाए ।

नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले गलत कुटनीतिक समझदारीका कारण नेपालको भविश्य चिन्ताजनक अवस्थामा पुग्ने भन्दै कुटनीतिप्रति सही बुझाई राख्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए । उनले समय, परिस्थिति र दुवै देशका सरकार बदलिएको अवस्थामा पनि दुई बर्षको तोते बालकले भाषा सिके जस्तो गरी कालापानी, लिपुलेक, सुस्ता र १९५० को सन्धिको पुनरावलोकन भन्ने शब्द दोहोर्‍याउने काम भएको टिप्पणी गरे ।

उनले नेपाल–भारत संयुक्त आयोगको बैठकको उपलब्धिबारे परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले संसदलाई दिएको जानकारी र मन्त्रालयले निकालेको प्रेस विज्ञप्ती मेल नखाएको भन्दै त्यसतर्फ मन्त्रीको ध्यानाकर्षण गराए ।

उनले कुनै पनि राष्ट्रले आफ्ना कानूनी अधिकारलाई बास्तविक शक्ति सम्झन नहुनेतर्फ पनि सचेत गराए । उनले भने, ‘भाषण गर्दा, बोल्दा , कालापानी दोहोर्‍याउदा, चुनाबमा बोल्न ठीक हुन्छ तर सही अर्थमा कालापानी लिनु छ भने र १९५० को सन्धि फर्काउने हो भने कुटनीतिक पहल गर्नुपर्छ ।’

बलभद्र थापा र अमरसिंह थापाले बन्दुक बोकेर युद्ध गरेको जस्तो समय नभएको भन्दै उनले सघन संवादको कुटनीतिमा ध्यान दिन आग्रह गरे ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  ७ : ४७ बजे

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज

पहाडी क्षेत्रमा वर्षा, तराईमा हावाहुरीकाे सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इंग्लिस प्रिमियर लिग : उल्भ्समाथि म्यानचेस्टर सिटीको सहज जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा उपाधि दाबेदार म्यानचेस्टर सिटीले सानदार