आर्यनका लागि अर्को 'कायरा' बन्यो ‘हजार जुनीसम्म’ | Khabarhub Khabarhub

आर्यनका लागि अर्को ‘कायरा’ बन्यो ‘हजार जुनीसम्म’


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


चलचित्र ‘किस्मत’ बाट अभिनय यात्रा थालेका अभिनेता आर्यन सिग्देलले आफ्नो करिअरको एक दशक पछाडि फर्केर हेर्नुपरेन । उनले कमै फिल्ममा अभिनय गरे तर ती फिल्मले उनलाई सधै चर्चामा राखे । तर पछिल्ला केही वर्षयता भने आर्यनको क्रेज ह्वात्तै घटेको छ । लभरब्यायको छवि बनाएका आर्यनका फ्यान हल धाउन छोडेका छन् ।

आर्यनले अभिनय गरेको पछिल्लो फिल्म ‘हजार जुनीसम्म’ हालै रिलिज भएको थियो । उक्त फिल्ममा उनको शीर्ष भूमिका थियो । तर, उनले फिल्ममार्फत खासै कमाल गर्न सकेनन् । यो फिल्मले न त उनको करिअरलाई फाइदा पुर्‍यायो, न त उनका कारण फिल्म चल्यो । जबकि, आर्यनले यो फिल्मको कथा आफूलाई खुबै मन परेका कारण फिल्म रोजेको बताएका थिए ।

तर, फिल्म नै नचलेपछि उनका अन्य फिल्मलाई पनि असर पर्ने देखिन्छ । भलै आर्यनले एउटा फिल्म नचल्दैमा करिअरलाई असर पर्ने भन्ने नहुने धारणा राख्छन् ।

उनको कमब्याक फिल्मका रुपमा हेरिएको ‘कायरा’ ले पनि हलमा खासै कमाल गर्न सकेको थिएन । ‘हजार जुनीसम्म’ पनि बक्सअफिसमा असफल भएपछि यो फिल्मलाई पनि उनको अघिल्लो फिल्म ‘कायरा’ सँग तुलना गरिएको छ । दुवै फिल्मबाट आर्यनले खुबै आशा गरेका थिए तर दुवै फिल्म असफल रहे । ‘हजार जुनीसम्म’ मा पनि लभर ब्यायका रुपमा देखिएका आर्यनले फिल्मबाट खासै तारिफ पाएनन् ।

तस्वीर – आर्यन बिमली

अब उनी अभिनित फिल्म ‘च च हुई’ को चर्चा छ । यो फिल्म पनि यसै गरी आउने र हराउने हो कि भन्ने भय छ । फ्यानहरु आर्यनका फिल्म हेर्न हलसम्म आउँदैनन् तर अचम्म त के छ भने सामाजिक सञ्जाल र युट्युबका कमेन्टमा ‘आर्यन सिग्देलका फ्यान एकजुट हौँ’ भन्दै क्याम्पेनिङ भने गर्छन् ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  १ : ४८ बजे

बझाङमा ४० प्रतिशत मतदान  

बझाङ– बझाङमा ४० प्रतिशत मतदान भएको छ । जिल्ला निर्वाचन

मणिपुरमा चरमपन्थीको आक्रमणबाट दुई प्रहरीको मृत्यु

काठमाडौं– भारको मणिपुरको विष्णुपुर जिल्लामा संदिग्ध कुकी चरमपन्थीहरूले गरेको आक्रमणमा केन्द्रीय

पाकिस्तानले आर्थिक सुधार गर्दैछ : प्रधानमन्त्री सरिफ

इस्लामाबाद– पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले आफ्नो सरकारले वित्तीय क्षेत्रमा जारी

पृथ्वीका नदीमा कति बग्छ पानी ? यसो भन्छ नासा

एजेन्सी ( नासाका अन्वेषकहरूको नेतृत्वमा गरिएको अध्ययनले पृथ्वीका नदीहरूबाट कति

वेस्टइन्डिज ‘ए’ ले नेपाललाई दियो २०५ रनको चुनौती

काठमाडौं– वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको