चितवनमा निषेधाज्ञा जारी गरिएको क्षेत्रमा विहानैदेखि प्रहरीको माइकिङ, रविलाई अदालत लगिँदै | Khabarhub Khabarhub

चितवनमा निषेधाज्ञा जारी गरिएको क्षेत्रमा विहानैदेखि प्रहरीको माइकिङ, रविलाई अदालत लगिँदै


९ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला अदालत आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेसँगै सोमबार(आज) विहानै देखि प्रहरीले माइकिङ गरिरहेको छ । निषेधाज्ञा जारी भएको क्षेत्रमा पाँच जना भन्दा बढी भेला हुन नपाइने भन्दै प्रशासनले माइकिङ गरेको हो ।

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभिजन प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीमाथि ‘आत्महत्या दुरुत्साहन’ मुद्दा दर्ता भएसँगै प्रशासनले अदालत आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

मुद्दा दर्ता भएपछि आइतवार नै अदालतले अस्मिता कार्कीको वयान लिएको थियो । समय अभाव भएका कारण लामिछाने र कँडेलको वयान सोमबार(आज) का लागि तय भएको छ । उनीहरुलाई अदालत लगिदै छ । वयानपछि आजै थुनछेक बहस हुनेछ ।

रविको रिहाइको माग गर्दै आन्दोलनमा उत्रिएका रविका समर्थकले आईतवार(हिजो) प्रहरीमाथि आक्रमण गर्ने, गाडी तोडफोड गर्ने र टायर बालेर प्रदर्शन गर्ने जस्ता कार्य गरेपछि प्रशासनले आइतवार साँझ नै निषेधाज्ञा जारी गरेको हो ।

आज विहान ६ बजेबाट अर्को सूचना जारी नभएसम्मका लागि हुलदंगा वा अशान्ति गर्ने उदेश्यले पाँच जना भन्दा बढी एकै ठाउँमा भेला हुन नपाइने भन्दै स्थानीय प्रशासनले क्षेत्रसमेत तोकेको छ ।

काहाँ कहाँ गर्न पाइँदैन प्रदर्शन ?

पूर्वतर्फ बाइपास सडकतर्फ आन्तरिक राजश्व कायर्मलयको चोकदेखि घरेलु कार्यालयको चोकसम्म

पश्चिमतर्फ लोकमार्गको सप्तगण्डकी अस्पताल चोकदेखि चौबिसकोठी चोकसम्म

उत्तरतर्फ बाइपास सडकको अन्तरिक राजश्व कार्यालय चोकदेखि भरतपुर अस्पताल, पुरानो मेडिकल कलेजज जाने चोक, नारायणी मावि, कृषि ज्ञान केन्द्र हुँदै पूर्वपश्चिम लोकमार्गको चौबिसकोठी चोकसम्म

दक्षिणतर्फ बाइवपास सडकतर्फ घरेलु कार्यालयको चोकदेखि दूरसञ्चार चोक हुँदै पूर्व पश्चिम लोकमार्गतर्फ सप्तगण्डकी अस्पताल चोकसम्म ।

प्रकाशित मिति : ९ भाद्र २०७६, सोमबार  १० : ०० बजे

इलाम २ मा सुरुबाटै मुढाभन्दा पछि पर्‍यो घण्टी

इलाम–इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएको राष्ट्रिय

हमासको नियन्त्रणमा रहेका दुई बन्धकको भिडिओ सार्वजनिक

गाजा– गाजा युद्ध रोक्न विभिन्न कोणबाट मध्यस्थता भइरहेका समय हमासले

काभ्रेको आठ सय अठार हेक्टर वनमा आगलागी

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको ४२ वटा सामुदायिक तथा राष्ट्रिय वनमा आगलागी हुँदा

इलाम २ : कांग्रेसका डम्बरको अग्रता यथावत, सुहाङले मतान्तर घटाए

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २ र

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो

काठमाडौं– नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज इजरायलमा मर्मत गराएर