वीरगंजमा ६ ट्रक गाईगोरु नियन्त्रणमा लिइयो | Khabarhub Khabarhub

वीरगंजमा ६ ट्रक गाईगोरु नियन्त्रणमा लिइयो


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- पूर्वको काँकरभिट्टातर्फ लगिरहेको अवस्थामा पथलैया प्रहरीले ६ ट्रक गाईगोरु नियन्त्रणमा लिइ पशु क्वारेन्टाइन चेक पोष्टमा बुझाएको छ ।

गाईगोरु बोकेका ना ७ ख ३४०, ना ७ ख ३२३९, लु १ ख ९८९५, ना ६ ख ६६४१, ना ७ ख ९१४३ र अर्को एक गरी छ ठूला ट्रकमा ४३ गोरु र १३६ गाई पूर्वतर्फ लगिरहेका बेला बिहीबार राति पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाराको पथलैयामा जाँचका क्रममा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले बताए ।

पक्राउ परेका ट्रकसहित गाईगोरु क्वारेन्टाइन चेक पोष्ट पथलैयालाई बुझाएपछि चेकपोष्टले पशुसेवा ऐन २०५५ र पशु ढुवानी मापदण्डविपरीत भएको भनि रु दुई लाख ५० हजार जरिवाना गरी छाडिएको प्रहरीचौकी पथलैयाले जनाएको छ ।

गाईगोरु चितवन सप्लायर्सले पश्चिम नेपालका विभिन्न ठाउँबाट सङ्कलन गरी काँकडभिट्टा नाका हुँदै भारतको बाटोबाट बङ्गलादेशतर्फ लान खोजेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ६ : २० बजे

बझाङमा दमनलाई पछ्याउँदै अभिषेक, मतान्तर घट्यो

काठमाडौं । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

चुलाचुली १ मा डेकेन्द्रलाई एक हजार ३१ मत, सुहाङको अग्रता कायमै

इलाम – इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका र

हैदरावादविरुद्ध चेन्नई सुपर किंग्सको उत्कृष्ट जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादविरुद्ध चेन्नई

बझाङमा एमालेको अग्रता कायमै, मतान्तर घटाउँदै कांग्रेस

बझाङ – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना अहिले जारी

इलाम–२ मा सुहाङले कटाए ४ हजार मत, चुलाचुलीको गणना सुरु

इलाम – इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी