पूर्वमन्त्री सिंहको निधन | Khabarhub Khabarhub

पूर्वमन्त्री सिंहको निधन


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज– पूर्व मन्त्री चतुर्भुजप्रसाद सिहको ८७ वर्षको उमेरमा निधन भएको छ ।

शुक्रवार बिहन ६.३० बजे राजविराज ७ स्थित आफ्नै निवासमा सिंहको निधन भएको हो ।

विक्रम सम्वत १९८९ असोज १ गते जिल्लाको तत्कालिन वसविट्टि गाउँ पञ्चायत वडा नं. १ हालको रुपनी गाउँपालिका वडा नं. ५ मा माता कौशल्यादेवी र पिता स्व. दर्पनारायण सिंहको कोखवाट जन्मिएका सिंह सानै उमेरदेखि राजनीतिमा सकृय भएका थिए ।

२०१५ सालमा नेपाली कांग्रेसवाट राजनीतिमा प्रवेश गरेका सिंह त्यतिवेला ३६ नं. क्षेत्रको नेपाली कांग्रेसको कमिटिको सचिव भएका थिए । २०१७ सालमा राजा महेन्द्रले कु गरेपछि उनी कांग्रेस परित्याग गरी पञ्चायत छिरेका थिए । उनी २०२५ सालदेखि ३२ सालसम्म निर्माण तथा यातायात, उद्योग तथा वाणिज्य, जलविद्युत र सञ्चार मन्त्री भएका थिए ।

२०३२ सालदेखि २०४६ सालसम्म पञ्चायत नीति तथा जाँचवुध समितिका सदस्यको रुपमा समेत सिंहले काम गरेका थिए । उनले सप्तरीको वसविट्टिमा जनता मावि र सिरहाको नहरा रिगोल हालको भगवानपुर गाँपालिका वडा नं.२ मा लक्ष्मी नारायण कौशल्या मावीको स्थापना गराएका थिए ।

उनकी पत्नी तथा डा. रमण सिंह र प्राध्यापक सुमनसिंह सहित ३ छोराछोरी छन् । स्व सिंहको आजै सप्तकोशी ब्यारेजमा दाहसंस्कार गरिएको छ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ४ : ०२ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल