‘हजार जुनीसम्म’ को ट्रेलर, आर्यन बने असफल प्रेमी | Khabarhub Khabarhub

‘हजार जुनीसम्म’ को ट्रेलर, आर्यन बने असफल प्रेमी


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विकास राज आचार्य निर्देशित फिल्म ‘हजार जुनीसम्म’ को ट्रेलर सार्वजनिक गरिएको छ । लभस्टोरी जानरामा निर्माण भएको फिल्मको ट्रेलर राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरियो ।

फिल्मको ट्रेलर युट्युबमार्फत पनि सार्वजनिक गरिएको छ । युट्युबमा फ्यानले फिल्मको प्रतीक्षा गरेको प्रतिक्रिया दिएका छन् ।

ट्रेलरमा एक पागलप्रेमीको कथा देखाइएको छ । जो आफ्नो मायाको लागि पूरै जीवन बिताउन सक्छ । फिल्ममा आर्यन सिग्देललाई प्रेमीका रुपमा प्रस्तुत गरिएको छ ।

विशाल चाम्लिङको कथा रहेको यो फिल्ममा लगानी पनि उनकै छ । यस्तै फिल्ममा स्वस्तिमा खड्का, प्रियंका कार्की, सञ्चिता लुइँटेल, सलोन बस्नेत, शिवहरि पौडेल, अनुभव रेग्मी, अखिलेस प्रधान लगायतका कलाकारको अभिनय रहेको छ ।

फिल्ममा कोरियोग्राफी कविराज गहतराजको छ भने सम्पादन अर्जुन जिसीको रहेको छ । पुरुषोत्तम प्रधानले खिचेको यो फिल्मको स्किृप्ट/संवाद सामीप्यराज तिमिल्सिना र निर्देशक आचार्यले लेखेका हुन् । फिल्म यही साउन ३० गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  ३ : १२ बजे

पाकिस्तानमा भारी वर्षाका कारण १४३ जनाको मृत्यु

पाकिस्ता– पाकिस्तानमा अप्रिल महिनामा चट्याङ र अन्य आँधीबेहरीजन्य घटनामा परी

भारतमा काम लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ 

हेटौंडा– भारतमा काम लगाइने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक

लगानी सम्मेलनको फाइदा जमिनदार र बैंकलाई !

काठमाडौं- सरकारले आयोजना गरेको ‘नेपाल इन्भेष्टमेन्ट समिट (लगानी सम्मेलन) सोमबार

आर्थिक खबर : शेयरमा सकारात्मक सर्किट

काठमाडौं– मंगलबार कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ

एकीकृत समाजवादीले कुनै दललाई प्रधानशत्रु नभन्ने, जबजको पनि विरोध नगर्ने

काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले कुनै पनि