‘पूर्वराजा ज्ञानेन्द्र र ‘रअ’ प्रमुखबीच भेटवार्ता भएको छैन’ | Khabarhub Khabarhub

‘पूर्वराजा ज्ञानेन्द्र र ‘रअ’ प्रमुखबीच भेटवार्ता भएको छैन’


१० श्रावण २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखले प्रधानमन्त्री, विभिन्न दलका नेता र पूर्व राजासँग भेटवार्ता गरेको समाचार केही दिन देखि विभिन्न सञ्चारमाध्यमहरु आइरहका छन् ।

विहीवार सञ्चारमन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्रीले ‘रअ’ प्रमुखलाई नभेटेको बताएका थिए ।

यसैबीच पूर्व राजाका निजी सचिव डा. फणिराज पाठकले पनि पूर्व राजा ज्ञानेन्द्र शाह र रअ प्रमुख बीच भेटघाट भएको भन्ने समाचारप्रति आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जालमा एक संक्षिप्त विज्ञप्ति राख्दै पाठकले भारतीय गुप्तचर संस्था रअका प्रमुखलाई भेटेको भनी केही अनलाइन पत्रिकामा छापिएका खबर पूर्णतया झुटो भएको बताएका हुन् ।

‘यस्ता कपोलकल्पित, मनगढन्त र राष्ट्रको गरिमा घटाउने समाचारहरूले नेपाल र नेपालीको गर्व र सम्मानमा ठेस लाग्ने भएकोले यस्ता समाचार संप्रेषण गरेर पत्रकारिताको धर्म र समाज प्रतिको दायित्व नबिर्सन अनुरोध गर्दछु ’ पूर्व राजाका सचिब पाठले विज्ञप्तिमा जनाएका छन् ।

प्रकाशित मिति : १० श्रावण २०७६, शुक्रबार  १० : ०७ बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।