देशव्यापी वृक्षारोपणमा सहभागी हुन नेकपाको आह्वान | Khabarhub Khabarhub

देशव्यापी वृक्षारोपणमा सहभागी हुन नेकपाको आह्वान


११ असार २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर आगामी असार १४ गते देशव्यापी वृक्षारोपण गर्ने भएको छ ।

नेकपाले विज्ञप्ति जारी गर्दै आगामी आर्थिक वर्ष २०७६/०७७ लाई वृक्षारोपण वर्षका रुपमा मनाउने समेत निर्णय गरेको छ । हरेक वर्ष असार १४ गतेलाई राष्ट्रिय वृक्षारोपण दिवसका रुपमा मनाइने निर्णय गरिएको नेकपाले विज्ञप्तिमा उल्लेख गरेको छ ।

सरकारले हरेक असार १४ गतेका दिन राष्ट्रव्यापी वृक्षारोपण कार्यक्रम सञ्चालन गर्ने समेत जनाइएको छ । जलवायु परिवर्तन र विश्वमा तापक्रम वृद्धिले प्रतिकूल प्रभाव सिर्जना भइरहेको भन्दै नेकपाले वृक्षारोपण अभियानमा सवैलाई साथ दिन आह्वान गरेको छ ।

त्यस्तै, नेकपाले आफ्ना कार्यकर्ता तथा शुभचिन्तकलाई आफ्ना घर जग्गा वा सार्वजनिक जग्गामा न्यूनतम २ वटा बिरुवा रोप्न, रोपिएका विरुवाको हेरचाह गर्न र यो अभियानलाई सफल बनाउन आह्वान गरेको छ ।

प्रकाशित मिति : ११ असार २०७६, बुधबार  ८ : ४१ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र